प्रमिता ढकाल
भरतपुर, १६ कार्तिक
चितवनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय अन्तर्गत खाद्य इकाई रहंदै आएकोमा संघीय संरचनाको आधारमा छुट्टै कार्यालय स्थापना गरीएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको स्थापनासँगै प्रमुख बिक्की राउतले आफ्नो जिम्मेवारी बहन गरेकाछन् । डिभिजन कार्यालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन गरेका काम कारबाहीलाई सहजीकरण गर्दै सुक्ष्म ढंगले अघि बढाउने उनले बताए । कार्यालयले तालिम प्राप्त निरीक्षकहरूवाट नियमित एवम् आकस्मिकरूपमा बजार तथा उद्योग निरीक्षण गरी कुशल उत्पादन प्रकृयाअनुरूप उत्पादन भए नभएको अनुगमन गर्ने, गुणस्तरसम्बन्धी अनुसन्धान गर्ने र विशेष गरी न्यून गुणस्तरका खाद्य वस्तुहरूका नमूना संकलन, संकलित नमूनाको प्रयोगशाला विश्लेषण, विश्लेषणबाट प्राप्त नतिजाहरूको आधारमा न्यून गुणस्तर वा दूषित देखिएकोमा प्रचलित खाद्य तथा दाना ऐन नियमअनुसार कानूनी कारवाही गर्न सक्ने उनले बताए ।
खाद्य वस्तुहरूको उत्पादन, सञ्चयन तथा बिक्री वितरणमा हुने अस्वस्थकर गतिविधि नियन्त्रण गर्न विभिन्न माध्यमबाट उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने जिम्मा पनि कार्यालयलाई हुने उनले जानकारी दिए । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिंदै गर्दा स्थापना भएको कार्यालयले बिहीबार नारायणगढका मिष्ठान्न भण्डारहरुको अनुगमन गरेर कामको थालनी समेत गरेको छ । तिहारको समयमा अधिक माग भई खरिद बिक्रि हुने मिठाइमा मिसावट तथा अनियमितता हुन सक्ने भन्दै मिठाई पसलहरुबाट अनसुगमन सुरु गरीएको डिभिजन कार्यालय प्रमुख बिक्की राउतले बताए ।
पहिलो दिन बिहिबार नारायणगढका राम मिष्ठान्न भण्डार, बैष्णव मिष्ठान्न भण्डार, नन्दन स्विट्स एण्ड बेकरी, शंकर मिठाई पसल र शुभम् मिष्ठान्न पसलमा टोलीले छड्के जाँच गरेको छ । सो क्रममा अधिकांश मिठाई पसलले मिठाईको विक्री वितरणमा ठगी गरेको भृटिएको उपभोत्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषालको भनाइ छ । मिठाई तौलिएर विक्री गर्दा यहांका मिठाई पसलहरुले प्याकिङ बक्स सहित जोख्ने र पैसा बढी असुल गर्ने गरेको उनले बताए । “मिठाई पसलहरुले एउटै उपभोत्तालाइ १० ग्राम देखि सय ग्राम सम्म मिठाइमा ठगी गर्दै आएका छन् । मिठाई पसलहरुले प्रति किलो मिठाइलाइ साढे ८ सय रुपैंया सम्म लिने गर्दछन्”, उनले भने ।
नारायणगढको संगमरोड स्थित शंकर मिठाई पसलले फोहोर व्यवस्थापनमा लापरबाहि गरेको देखिएको भन्दै अनुगमन टोलीले सरसफाइमा ध्यान दिन सुझाएको छ । झिंगा भन्किएका, कमिला लागेका खानेकुराहरु बिक्रीका लागी राखेको भेटिएपछि त्यस्ता खाद्यन्नहरु नष्ट गरी आइन्दा सरसफाइमा ध्यान दिन टोलीले आग्रह गरेको छ । पहिलो दिन भएकाले मिष्ठान्न भण्डारहरुलाइ गुणस्तर कायम राख्न, सरसफाइमा ध्यान दिन निर्देशन मात्रै दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख बिक्की राउतले बताए । फेरी पनि अनुगमनको क्रममा यस्ता लापरवाही जारी रहे कारबाही गर्ने चेतावनी समेत उनले दिए । चितवनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भएसँगै जिल्ला प्रशासन कार्यालय मातहतको खाद्य इकाईका रहंदै खाद्य निरिक्षक प्रविण कुमार तिवारीको भने जनकपुर सुरुवा भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन चितवनमा
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन चितवनमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस