प्रमिता ढकाल
भरतपुर, १५ कार्तिक
कृषि तथा वन विज्ञान विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि पोल्ट्री विज्ञान विभाग स्थापना गरी अध्ययनअध्यापन सुरु गर्ने भएको छ । पोल्ट्रीको राजधानी भनेर चिनिएको चितवनमा पोल्ट्री विज्ञान विषयलाई अघि बढाउन आवश्यक रहेको निक्र्यौल सहित आगामी वर्षदेखि नै स्नातक र स्नातकोत्तर तहको अध्यापन सुरु गर्ने योजना बनेको हो । “पोल्ट्री क्षेत्रको व्यवसायीक विकासकालागि अध्ययन अनुसन्धान आवश्यक छ, तर यहाँ अनुसन्धान विना प्रयोगकै आधारमा व्यवसाय टिकिरहेको अवस्था छ जुनदिगो हुनै सक्दैन”,कृषितथावन विज्ञान विश्वविद्यालयका डिन डाक्टर शारदा थपलियाले भनिन्, “अनुसन्धानमा आधारित विकासकालागि पनि हामी अब एकेडेमिक कार्यक्रम सञ्चालन गर्ने छौं ।”
चितवनको भरतपुरमा ३ दिन सम्म चलेको कुखुरापालन सम्बन्धि अन्तराष्ट्रियस्तरको गोष्ठीको निष्कर्श सार्वजनिक गर्न बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा मूलआयोजक समिती संयोजक डाक्टर थपलियाले शैक्षिक कार्यक्रमले वैज्ञानिक उत्पादन देखि अनुसन्धान र अन्ततःविकासलाई आत्मनिर्भर बनाउने दावी गरीन् ।
नेपालमा पोल्ट्री उत्पादन सम्बन्धि आधारभूत तत्थ्यांक उपयुक्त रुपले अद्यावधिक नभएकोले कुखुरापालन क्षेत्रका विभिन्न विधामा शशक्त र अद्यावधिक तत्थ्यांकीय यव्यवस्थापन प्रणाली स्थापित गराउनुपर्ने, कुखुराका रोगहरुको सूचना तथा अभिलेखिकरण व्यवस्था प्रभावकारी बनाउनुपर्ने, पोल्ट्री क्षेत्रका बहुआयामलाई सम्बोधन गर्न विद्यमान नीतिहरुको समय सापेक्ष परिमार्जन तथा नयाँ नीतिनिर्माण गनुपर्ने गोष्ठीले निश्कर्ष निकालेको छ ।
किसानहरुले पशुपक्षिलाई अन्दाजको आधारमा एन्टीवायोटिक्स दिने गर्दा एन्टीवायोटिक प्रतिरोधी क्षमता दिनानुदिन बढ्दै गएको भन्दै एक स्वास्थ्य विधि अपनाउन समेत अत्यावश्यक रहेको गोष्ठीको निश्कर्ष छ । गुणस्तरीय पंक्षी र पंक्षीजन्य उत्पादनकालागि असल व्यवस्थापन र प्रशोधन प्रक्रिया प्रर्वद्धन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउने गरी गोष्ठी सफल भएको रजिष्टार डाक्टर मनराज कोलाक्षपतिले बताए । नेपालमा कुखुरापालन क्षेत्रमा अध्ययन, अनुसन्धान एकातर्फ र व्यवहारीक व्यवसाय अर्कातर्फ भइरहेको बेलागोष्ठीले पोल्ट्री क्षेत्रको दिगो व्यवसायीकरणलाई आवश्यक योजना तजुमा गर्न दिशानिर्देश गरेको प्रोफेसर डाक्टर भूमिनन्द देवकोटाले बताए । “नेपाल अहिलेसम्म हचुवाको भरमा कुखुरापालन भइरहेको छ, आयातित चल्लाले यहाँको हावापानी सहनगर्न सक्छन् वा सक्दैनन् भन्ने अध्ययन समेत नगरी कुखुरापालन गर्दा जोखिम बढी हुन्छ”, देवकोटाले भने, “त्यसैले यहीँको रैथाने व्रिडलाई अनुवाशिंक विकास गरी व्यवसायीक विकास तर्फ अघि बढ्नुपर्छ ।”
नार्ककाअनुसार नेपालमा ३ प्रजातीका रैथाने कुखुरा छन् । रैथाने जातका कुखुराको ब्रिड बढाउन पनि अध्ययन अनुसन्धान आवश्यक देखिन्छ । तीनदिने गोष्ठीमा कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन व्यवस्थापन, जैविकप्रविधि, एकीकृत तथा ग्रामीण कुखुरापालनजस्ता विधामा १५ आमन्त्रित वैज्ञानिकको अनुसन्धानमूलक कार्यपत्र र ३५ विभिन्न मौखिक कार्यपत्रर ६३ वटा पोष्टरहरु प्रस्तुत गरीएको कार्यक्रम संयोजक डाक्टर हिमाल लुइटेलले जानकारी दिए । “नेपालमा चलिआएको परम्परागत पोल्ट्री व्यवसाय र अनुसन्धानलाई कुनदिशातर्फ लैजाने भन्ने बारे स्पष्ट धारणा प्रस्तुतगर्न गोष्ठी सफल सावित भएको छ”, कार्यक्रम संयोजक डाक्टर हिमाल लुइटेलले भने ।
सम्मेलनमा भारत, जापान, अस्ट्रेलिया, जर्मनी, बंगलादेश, अमेरिका, भूटान र इजिप्ट गरी विभन्न ८ राष्ट्रका वैज्ञानिक सहभागि भएका थिए । प्राध्यापक, विद्यार्थी, व्यवसायी गरी तीन सयभन्दा बढीको सक्रिय सहभागिता रहेको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरको आयोजनातथा नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशुसेवाविभाग, नेपाल कृषि अनुसन्धान परिषद्, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका, खाद्यतथा कृषि संगठन, हेफर इन्टरनेशनल र विश्वविद्यालय अनुदान आयोगको सहआयोजनामा सम्मेलन आयोजना गरिएको हो । व्यवसायीक पशुपालनलाई प्रर्वद्धन गर्ने गरी अन्तराष्ट्रिय भैँसी सम्मेलन र भर्खरै कुखुरापालन सम्मेलन सम्पन्न गरेको कृषितथावन विज्ञान विश्वविद्यालयले आगामी वर्ष बाख्रा सम्मेलन गर्ने घोषणा समेत गरेको छ ।
अब पोल्ट्रीमै स्नातकोत्तर
अब पोल्ट्रीमै स्नातकोत्तर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस