रत्ननगर, १५ कार्तिक
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धीका लागि प्रधानाध्यापक बढी जिम्मेवार हुने सरोकारवालाहरुले बताएका छन् । खैरहनी नगरपालिका अन्र्तगतको शिक्षा शाखाले बुधबार आयोजना गरेको नगर भित्रका विद्यालयकाहरु प्रधानाध्यापकहरुसंगको अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धीका उपाय र विद्यालयहरुको समस्या तथा समाधान गर्ने उदेश्यले कार्यक्रम गरिएको थियो । सो अवसरमा वोल्दै खैरहनीका मेयर लालमणी चौधरीले शैक्षिक गुणस्तर बढाउन विद्यालयका प्रधानाध्यापक बढी जिम्मेवार हुनु पर्ने बताए । “सामुदायिक विद्यालयको नजिता सन्तोषजनक छैन्”, मेयर चौधरीले भने, “शैक्षिक गुणस्तर वढाउन विषेशत प्रधानाध्याक र शिक्षकहरुले इच्छा शक्ति देखाएर अध्ययन गराउनु पर्छ ।” विद्यालयलाई कस्तो वनाउने भन्ने बारे दृष्टिकोणसहित योजना ल्याउन आग्रह गर्दै मेयर चौधरीले नितिगत निर्णय र योजना लैजाने काम नगरपालिकाले गर्ने बताए ।
खैरहनी नगरपालिकाका उपमेयर सुनिता थपलियाले प्रधानाध्यापक,शिक्षकले आफ्नो काम, कर्तव्य, अधिकार र दायित्व विर्सन नहुने बताइन् । स्वागत मन्तव्य राख्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्माले साधन श्रोत हुँदा पनि केही विद्यालयको परिणाम आशा गरे जस्तो नआएको उल्लेख गर्दै जिम्मेवार बन्न आग्रह गरे । निजी विद्यालयसंग प्रतिस्पर्धा गर्नु भन्दा अहिले भईरहेको गुणस्तरमा वृद्धी गर्न उनले सुझाव दिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरुले आआफ्ना विद्यालयको समस्याबारे नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । नगर भित्रका साविक निम्न माध्यमिक विद्यालय,माध्यमिक विद्यालय र उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापाकहरु,श्रोत व्यक्ती प्रेमराज खनिया,शिक्षा शाखा प्रमुख वालचन्द्र सापकोटा लगायतको सहभागीता रहेको थियो । शिक्षा शाखा प्रमुख सापकोटाका अनुसार विहीवार साविक राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्र्तक्रियाहुने छ ।
गुणस्तर बढाउन इच्छा शक्ति बढाऔँ ःमेयर चौधरी
गुणस्तर बढाउन इच्छा शक्ति बढाऔँ ःमेयर चौधरी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस