रत्ननगर, १५ कार्तिक
खैरहनी माध्यमिक विद्यालयमा स्थापित जन्मोत्सव तथा स्मृती छात्रवृत्ती अक्षयकोषलाई बुधवार एक लाख रुपैया सहयोग भएको छ । खैरहनी ८ घर भई हाल अमेरिका बस्दै आएका सुनिल पाठक र सुमन पाठकले कोषलाई सो रकम प्रदान गरेका हुन् । सुनिलकी वहिनी तथा सुमनकी दिदी सहसेनानी स्वर्गिय रविता पाठकको सातौ वार्षिक पुण्यतिथीमा उनीहरुले कोषलाई सहयोग गरेको कोषका संयोजक मुरलीप्रसाद गजुरेलले जानकारी दिए ।
सो कोषमा शुभकार्य,जन्मदिन,पुण्यतिथीमा सहयोग हुदै आएको छ । हाल सम्म कोषमा ८७ लाख रुपैया संकलन भईसकेको संयोजक गजुरेलले बताए । वि.सं. २०६७ सालमा स्थापना गरिएको कोषमा १ करोड पु¥याउने लक्ष्य छ । कोषमा संकलन भएको रकमको व्याजबाट प्रत्येक वर्ष खैरहनी मावि कक्षा ११ र १२ का असहाय,गरिव,जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिदै आएको छ ।
अक्षयकोषलाई १ लाख सहयोग
अक्षयकोषलाई १ लाख सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस