रत्ननगर, १४ कार्तिक
खैरहनी नगरपालिकाले नगरपालिकालाई प्रविधिमैत्री बनाउँदै लगेको छ । नगरलाई प्रविधिमैत्री वनाउनुका साथै नगरबासीको काम र सेवा प्रवाह छिटो र छरितो बनाउने उदेश्यसहित नगरपालिकाको थप दुई वटा वडामा अनलाईन मार्फत व्यक्तिगत घटना दर्ताको काम सुरु भएको छ ।
खैरहनी वडा नम्वर ३ र ९ ले मंगलबारबाट अनलाइनमार्फत घटना दर्ताको काम सुरु गरेको हो । सम्बन्धित वडाका वडाध्यक्षले सो सेवाको सुभारम्भ गरेका थिए । वडा नम्वर १,५,६,७,९ र ११ मा सो सेवा सुरु भैसकेको छ । नगरपालिकालाई प्रविधिमैत्री बनाउने क्रममा अनलाइन मार्फत घटना दर्ताको सेवा सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्माले बताए ।
अब खैरहनी २,४,१०,१२ र १३ मा सो सेवा प्रवाह हुन वाँकी छ । प्रमुख प्रशासकिय अधिकृत शर्माका अनुसार बुधवार खैरहनी २ र १२ मा यो सेवा सुभारम्भ हुनेछ । नगरपालिकालाई सुचना र प्रविधिको प्रयोग गर्ने क्रममा यसअघि अडियो नोटिस वोर्ड ,पेपरलेस गर्न इमेल र एसएमएस,सिसी क्यामेरा जडान लगायतको काम गरिसकेको नगरपालिकाका सुचना तथा प्रविधि अधिकृत सुरेश चौधरीले बताए ।
खैरहनीको ३ र ९ मा अनलाइनबाट घटना दर्ता सुरु
खैरहनीको ३ र ९ मा अनलाइनबाट घटना दर्ता सुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस