रत्ननगर, १४ कार्तिक
कालिका–६ रेडक्रसग्राम चौरमा जारी सगुन महोत्सवमा दर्शकको चाप बढेको छ । महोत्सवमा कलाकारको प्रस्तुति हेर्नका लागि दर्शक बढी आउने गरेका छन् ।
महोत्सव मूल समारोह समितिका संयोजक केशव लामाले महोत्सव अवलोकन गर्न आउनेको चहलपहल बढेको बताए । हरेकदिन फरक फरक कलाकारको प्रस्तुती हेर्नका लागिदर्शकहरु आइरहेका छन् । स्थानीय स्तरमा संचालितमहोत्सवमापनि धेरै कलाकारहरुको प्रस्तुती हेर्न पाउँदादर्शकहरु खुशी देखिएको उनले बताए । महोत्सवमा यस अगाडि कलाकारहरु सुनिल गिरी, भोजराज काफ्ले, जिग्री, पाँडे, मिलन लामा, ढाकाराम लामिछाने, ज्योती मगरले आ–आफ्नो प्रस्तुती देखाइ सकेका छन् । मंगलबार रमेशराज भट्टराई र जादुगर बलराम सरकारले आ–आफ्नो प्रस्तुती देखाएका थिए । त्यसैगरी १४ गते बुधबार कमल खत्री, महादेव त्रिपाठी, १५ गते पशुपति शर्मा, १६ गते रामजी खाँड र लाउरेको कन्सर्ट हुने मुल समारोह समितिका सह संयोजक प्रेम कुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै १७ गते अशोक दर्जी र टंक बुढाथोकीतथा १८ गते मेलिना राईको प्रस्तुती रहने छ । त्यसैगरी स्थानीय कलाकार शिशिर तिमल्सिना, शिवथापा मगर, रत्ननगर कलामन्दिर र अट्र्याक्सन डान्स सेन्टरको समेत हरेक दिन प्रस्तुती रहेको छ । ‘कृषि, पर्यटन, व्यापार, उद्योग, कलातथा संस्कृतिको प्रवद्र्धन गर्ने मूलआधार, स्वास्थ्यमा सबैको पहँुचको लागिहामी सबैको अधिकार’ भन्ने मूल नाराका साथआयोजना गरिएको महोत्सवमा यस क्षेत्रको पर्यटन र कृषिलाई प्राथमिकतादिइएको छ । स्थानीय सगुनविकास समाज र वरपिपलमहिला समाजको आयोजनामा भएको महोत्सवमा १ सय ५० स्टल रहेका छन । कालिका क्षेत्रको पर्यटकीय क्षेत्र सिन्तीझरना, कालिका मन्दिर, चित्राम झरना, विभिन्न धार्मिक क्षेत्रहरु गुम्बालगायत कृषि, व्यवसायको प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ । स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यका साथ महोत्सवबाट बचतबाट भएको रकमबाट एम्बुलेन्स खरीद गर्ने उद्देश्य रहेको मुल समारोह समितिका सदस्य रामशरण पाठकले जानकारी दिए । स्थानीय बजारको विकास र प्रवद्र्धनका अतिरिक्त यस क्षेत्रका उत्पादनको प्रचार तथाविक्री समेत महोत्सवको मुख्य उद्देश्य रहेको छ । करिव २ करोड कारोबार हुने लक्ष्य रहेको महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमुल समारोह समितिका सह संयोजकएवम् आयोजक संस्था सगुनविकास समाजकाअध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए । महोत्सवबाट करिव १० लाख रुपैया बचत हुने अनुमान गरिएको र महोत्सवमा प्रवेशको लागि रु. ५० को टिकट शुल्ककायम गरिएको मुल समारोह समितिका सदस्यश्यामकृष्ण बजगाईले जानकारी दिए । सो महोत्सवस यहीकार्तिक १९ गते सम्म सञ्चालन हुने छ ।
सगुन महोत्सवमा दर्शक बढे
सगुन महोत्सवमा दर्शक बढे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस