भरतपुर, १४ कार्तिक
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड नारायणगढ शाखाले रक्तदान कार्यक्रम गरेको छ । १५ औं बर्षमा प्रवेश गरेको अवसर पारेर समाजिक उत्तरदायित्व अन्तर्गत नारायणगढ शाखामा रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष इञ्जिनियर भोजराज कौडाल, संघका कार्यसमिति सदस्य सोमप्रसाद काप्री, क्षेत्रीय रक्त संचार केन्द्र भरतपुरका प्राविधिक विश्वनाथ सापकोटा लगायतले मन्तव्य राखेका थिए । बैंकका भानुभक्त रिमालको अध्यक्षतामा भएको हो ।
सांग्रिलाको रक्तदान
सांग्रिलाको रक्तदान

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस