१३ कात्तिक ।
भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई विशेष अदालत काठमाडौले भ्रष्टाचारी ठहर गरेको छ। श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७ सय ७६ रुपैयाँ जरिवाना गर्ने फैसला मंगलबार सुनाएको हो। विशेष अदालतले सोबराबर श्रेष्ठको सम्पत्ति जफत हुने फैसलासमेत सुनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन २ गते डा विरुद्ध १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैयाँ सम्पत्ति अवैध आर्जन गरेको भन्दै अकुत सम्पत्तिको मुद्दा दायर गरेको थियो।
क्यान्सर अस्पतालको अध्यक्ष रहँदा श्रेष्ठले पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा दावी गरिएको छ। डा श्रेष्ठले अस्पतालको सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारी दुरुपयोग गरी गैरकानूनी रुपमा धन आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा आयोगको ऐन, २०४८ को दफा २९ बमोजिम जफत गरी राज्यकोषमा दाखिला गर्न आरोपत्रपमा माग गरिएको थियो। अख्तियारले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती शिलु श्रेष्ठको नाममा समेत राखेको भन्दै उनलाई पनि अख्तियारले प्रतिवादी बनाइएको थियो। तर विशेष अदालतले श्रीमतीलाई भने सफाइ दिएको छ।
डा भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर
डा भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस