भरतपुर, १३ कार्तिक
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले देशका सात वटा प्रदेशमा कम्तीमा एउटा केबलकार चलाइने बताएका छन् । मनकामना केवलकारको थप ३ गन्डोला सञ्चालनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालको कुल अम्दानीको २५ प्रतिशत पर्यटनबाट हासिल गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले मनकामना मन्दिरको पुनःर्निर्माणको मोडेलबाट अन्य धार्मिक तथा तीर्थस्थलको निर्माण गर्नुपर्ने बताए ।
“भूकम्पपछि क्षति पुगेको मन्दिरलाई जनसहभागितामार्फत निर्माण सम्पन्न भएको भन्दै सबैले मन्दिरको पुनर्निर्माणबाट पाठ सिक्नुपर्छ”, मन्त्री अधिकारीले भने, “मनकामनाले केवलकार मात्र सञ्चालन गरेको छैन, यसले देशको धार्मिक पर्यटनमा ठूलो टेवा दिइरहेको छ ।” पर्यटन प्रवद्र्धनको लागि नेपाल सरकार गम्भीर भएर अघि बढिरहेको उनको भनाइ थियो । मन्त्री अधिकारीले मनकामना मन्दिरको विकासका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा मनकामना केवलकार प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठले मनकामना केवलकार प्रालिले देशका अन्य पर्यटकीय क्षेत्रमा पनि केवलकारको विस्तार गर्ने योजना छिटै घोषणा गरिने बताए । उनले पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न सरकारले विभिन्न छुट, सुविधालाई ल्याउनुपर्ने बताए । उनले चितवन र गोरखामा रहेका वक्रेश्वर महादेव, लखन गुफाजस्ता ऐतिहासिक र धार्मिक स्थलमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सोच बनाइरहेको जानकारी दिए । सोमबारदेखि सुरु भएको गोन्डलामा चढेर पर्यटनमन्त्री रविन्द्र अधिकारीले मनकामना मन्दिरको दर्शन गरे ।
मनकामनामा ३ गन्डोला थप
दर्शन गर्न आएका दर्शनार्थीहरुलाई सेवा थप छिटोछरितो बनाउन मनकामना केवलकारमा सोमबारदेखि ३ वटा गन्डोला थप गरिएको छ । यसअघि ३१ वटा गन्डोला सञ्चालन हुँदै आइरहेको केवलकारमा ३ वटा थप गरिएको हो । अब दैनिक १ हजार जानलाई गन्डोलाले सेवा प्रदान गर्ने छ । यस केवुलकारको क्षमता ६ सय यात्रु प्रतिघण्टा थियो र यसको एक तर्फी कुल लम्वाई ३ दशमलव १ किमि रहेको छ । ३ वटा गन्डोला थप भएसँगै वार्षिक १५ लाख यात्रुलाई सेवा दिनेछ । विस २०५५ सालदेखि सञ्चालनमा आएको केवलकारले असोज मसान्तसम्म १ करोड ३८ लाख १२ हजार ४८६ यात्रुहरुलाई सेवा दिएको मनकामना केवलकारले जनाएको छ ।
सात प्रदेशमा कम्तीमा एउटा केबलकार चलाइने ः मन्त्री अधिकारी
सात प्रदेशमा कम्तीमा एउटा केबलकार चलाइने ः मन्त्री अधिकारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस