भरतपुर, १३ कार्तिक
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ नमूना टोलमा जारी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको छैठौं दिन सम्ममा एक करोड ३० लाख रुपैया संकलन भएको छ । आधारभूत विद्यालय साविक पिठुवा ९ मा जारी महायज्ञ एवम् ‘रत्ननगर माधवपुर श्री आधारभूत धार्मिक शैक्षिक महोत्सव – २०७५’ मा स्थानीय कृष्ण बहादुर नेपालले ३१ लाख ५० हजार रुपैया बरावरको एक कठ्ठा एक धुर जग्गा र उनका भाइ नर बहादुर नेपालले ९ लाख मुल्य बराबरको साढे चार धुर जग्गा दान गरेका छन ।
महायज्ञ मंगलबारसम्म सञ्चालन हुनेछ । सो ज्ञान महायज्ञमा युवा पण्डित श्री ईश्वर रेग्मीले संगीतमय शैलीमा कथा वाचन गरेका छन । भवन निर्माण, चौतर्फी विकास एवम् शैक्षिक स्तरोन्नती गर्ने उद्देश्यले आयोजित महायज्ञमा २ करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको मुल समारोह समितिका संयोजक दण्डपाणी लामिछानेले बताए । महायज्ञबाट संकलित रकमबाट विद्यालयमा खेलमैदान निर्माण गर्ने, अक्षयकोष समेत स्थापना गरी निरन्तर रुपमा विद्यालयको भौतिक, शैक्षिक विकास गर्ने लक्ष्य रहेको समेत संयोजक लामिछानेले जानकारी दिए । युवा पण्डित इश्वर रेग्मीले एक लाख ११ हजार १ सय ११ रुपैया दान गरेका छन । साथै उनले महायज्ञमा कथाबाचन गरेबापत पाउने रकम नलिने घोषणा गरेको आयोजकले जनाएको छ ।
mmmmmmmmmmmmmmmmmm
धनधान्याञ्चलमा १ करोड ३० लाख संकलन
धनधान्याञ्चलमा १ करोड ३० लाख संकलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस