१० कार्तिक, नवलपुर।
राष्ट्रिय जागरण ल्याउन विशाल पौडेलले ‘राष्ट्र प्रेम’ बोलको गीत सार्वजनिक गरेका छन् । गैंडाकोट–१७ अमरापुरीमा एक कार्यक्रमकाबीच गीतको अडियो तथा भिडियोको विमोचन गरिएको छ ।
विमोचन समारोहमा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ चलचित्रकर्मी ऋिद्धिचरण श्रेष्ठ, गायक भुवन प्यासी, सङीतकार विशाल ढकाल लगायतको सहभागिता रहेको थियो । ओशियन इन्टरनेशनल म्युजिक एण्ड मुभिजको व्यानरमा म्यूजिक भिडियो बनेको हो ।
यो गीतमा विशाल पौडेल, केशव आचार्य, विवेक पाण्डे, काव्या आचार्य, गीता शाही, कल्पना सापकोटाको स्वर रहेको छ । विशाल पौडेल को शब्द तथा सङगीत, आशिष अविरल को सङीत संयोजन रहेको छ । प्रवीण भण्डारी को निर्देशन, नारायणप्रसाद आचार्य को छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको सो गीत को म्युजिक भिडियोमा विभिन्न क्षेत्रका चर्चित व्यक्तिको अभिनय रहेको छ ।
विशाल पौडेलले ल्याए ‘राष्ट्र प्रेम’
विशाल पौडेलले ल्याए ‘राष्ट्र प्रेम’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस