१४ जेठ ।
राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधनको भन्दै यतिबेला सामाजिक सञ्जालमा हल्ला फैलिएको छ । घिमिरेका बारेमा फैलिएको हल्ला गलत भन्दै उनकै परिवारले खण्डन गरेको छ । घिमिरेका छोरा राजिब घिमिरेले ट्वविटरमा लेखेका छन “मेरो बुबा यकदम स्वस्थ हुनुहुन्छ ” उहाँ अहिले घरमै सुतिरहनुभएको छ, दिउंसो एउटा सार्वजनिक कार्यक्रममा सहभागी समेत हुनुभएको थियो । उहां एकदमै स्वस्थ र सकुशल हुनुहुन्छ, सामाजिक सञ्जालमा फैलिएका हल्ला गलत हुन् ।