१४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराको निजगढमा फास्ट ट्रयाक सडक आयोजनाको शिल्यान्यास गरेका छन् । प्रचण्डले आफ्नो कार्यकालको उत्तराद्र्धमा शिल्यान्यास गरेका हुन ।
काठमाडौंबाट निजगढ जोड्ने फास्ट ट्रयाकको चार वर्षअघि नै नेपाली सेनाले ट्रयाक खोलिसकेको छ । ७६ किमी दूरीको यो आयोजना पूरा गर्न एक खर्ब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । योजनाअनुसार काम भएमा अबको चार वर्षमा नेपालकै लगानीमा फास्ट ट्रयाक बन्ने छ । तराई–मधेस जोड्ने काठमाडौं–निजगढ द्रुतमार्ग नेपालको आर्थिक विकासका लागि निकै महत्वपूर्ण योजना हो । फास्ट ट्रयाकले बाराको निजगढमा बन्न लागेको दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थललाई समेत जोड्ने छ ।
सरकारले फास्ट ट्रयाकलाई नेपाली लगानीमा अगाडि बढाउने प्रतिबद्धता जनाएर नेपाली सेनालाई निर्माणको जिम्मा दिएको छ । फास्ट ट्रयाकमा अब कसैको पनि व्यक्तिगत लगानी रहने छैन । २०७३ पुसमा सरकारले भारतीय कम्पनी आइएल एन्ड एएफसीको प्रस्ताव रद्द गर्ने औपचारिक निर्णय गरेको थियो ।