ध्रुवराज खनाल
रत्ननगर, २७ असोज
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा भीष्मराज पौडेल निर्वाचित भएका छन् । संस्थाको अधिवेशनअन्तर्गत बिहीबार राति अबेर सकिएको मतगणनाअनुसार अध्यक्षमा पौडेल ३२ मतान्तरले विजयी भएका हुन् ।
कूल खसेको ४ सय ४८ मतमध्ये विजयी पौडेलले २ सय ३० र उनका प्रतिद्वन्द्वी विश्वनाथ खनालले १ सय ९८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत बाबुलाल रेग्मीले जानकारी दिए । अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस निकटका उपभोक्ताहरु प्यानल नै बनाएर चुनावमा होमिएका थिए । जसमा नेकपा निकट उपभोक्ताको प्यानल नै विजयी भएको छ ।
संस्थाको उपाध्यक्ष रामहरि अधिकारी २ सय ३९ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी हरिप्रसाद भट्टले १ सय ७० मत पाए । सचिवमा बागी उम्मेदवारी परेपनि नेकपाका कृष्णप्रसाद खनाल निर्वाचित भए । नेपालले १ सय १, मणिप्रकाश खतिवडाले १ सय ७५ र राजेन्द्र न्यौपानेले ५३ मत प्राप्त गरे । नेपाल र न्यौपाने नेकपा निकटका हुन् । कोषाध्यक्षमा निर्वाचित विष्णु पौडेलले २ सय १ मत पाउँदा उनका प्रतिद्वन्द्वी नोदनाथ लामिछानेले १ सय ७० मत मात्र पाए ।
सदस्यहरुमा विनिता पौडेल, निर्मला दंगाल, सविता पौडेल, ओम सापकोटा, भरतबाबु भट्टराई निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत रेग्मीले बताए । लेखासमिति संयोजकमा ओलराज भट्ट तथा सदस्यहरुमा केशव बगाले र जीवनलाल श्रेष्ठ निर्वाचित भए । निर्वाचनमा बागी उम्मेदवारी दिएका ४ जना सदस्यलाई नेकपाले बिहीबार नै निलम्वन गरिसकेको छ ।
,,,,,,,,,,
रत्ननगर खानेपानीमा पौडेल निर्वाचित
रत्ननगर खानेपानीमा पौडेल निर्वाचित
![](https://www.kayakairan.com/wp-content/uploads/2018/10/5EBD330D-3591-4652-A8C9-568B6D23B050.jpeg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस