भरतपुर, २७ असोज
अद्वैत संस्था गंगाज्योति सत्संग मन्दिरको आयोजनामा अद्वैत महाविद्यालय परिसर भरतपुर–२, क्षेत्रपुरमा शुक्रबार नारायणी अञ्चलस्तरीय सत्संग सम्पन्न भएको छ । सत्संगमा देवघाटका पिठाधीश पण्डित विष्णुप्रसाद सरस्वतीले ब्रह्मज्ञानी जगतगुरु क्षितिशचन्द्र चक्रवर्तीद्वारा लिखित नेपाली वेद गीतामृतको पाठवाचन गर्दै मानव जीवनमा पुण्य प्राप्तिका लागि कठिन तपस्या आवश्यक रहेको बताए ।
देवयज्ञ, पितृयज्ञ, मनुस्ययज्ञ, भूतयज्ञ र ब्रम्हयज्ञबाट मात्र मानव जीवनमा मोक्ष मिल्ने सार सुनाउँंदै आध्यात्मको महिमा वर्णन गरे । नारायणी अञ्चल प्रमुख सरिता उपाध्यायको अध्यक्षतामा सम्पन्न सत्संगमा प्रधानसभापति बसन्तलाल महासरस्वती, प्रधानकुलपति सहचारी अनन्तलाल सरस्वती, निर्देशक विष्णुदास उपाध्याय, केन्द्रीय सहसचिव गोपालचन्द्र पौडेलसहित सत्संगका सदस्यहरुले पाठ वाचन गरेका थिए । नियमित सत्संगअन्तर्गत शनिबार गैंडाकोट शाखामा सत्संग हुने भन्दै संस्थाले सम्पूर्ण श्रद्धालुलाई आमन्त्रण गरेको छ ।
अद्वैतको सत्संग
अद्वैतको सत्संग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस