खैरहनी,१८ असोज ।पूर्वी चितवनको खैरहनी नगरपालिकाका १ सय २५ घरमा डेंगे गराउने लामखुट्टेको लार्भा भेटिएको छ । खैरहनी नगरपालिकाले सञ्चालन गरेको डेंगे गराउने लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानका क्रममा १ सय २५ घरमा लार्भा भेटिएको हो ।
खैरहनी नगरपालिकाको १, २, ६, ८ र ९ नम्बर वडामा अभियान सञ्चालन गरिएको थियो । स्वास्थ्यकर्मीको टोलीले नगरका ५ वटा वडाका २ हजार ३ सय २१ घरमा पुगी लामखुट्टेको बासस्थान खोजेका थिए । खैरहनी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माका अनुसार वडा नम्बर १ मा २३ घर, २ र ८ मा ५१ घर, ६ मा २८ घर र ९ मा २३ घरमा डेंगे गराउने लामखुट्टेको लार्भा भेटिएको थियो ।
महिला स्वयंसेविकासहित स्वास्थ्यकर्मीको टोलीले गाडीका टायर, प्लास्टिकका भाडा, टिन, ड्रम, गमलालगायत ठाउँमा लार्भा भए÷नभएको चेक गर्दै नष्ट गर्ने काम गरेका थिए । सो क्रममा गाडीका टायरमा अत्यधिक मात्रामा लार्भा देखिएकाले सचेत हुनुपर्ने देखिएको स्वास्थ्य शाखा संयोजक माया पाण्डेले बताइन् । ९ सय १२ वटा टायर चेक गरेकोमा ३ सय ३६ वटा टायरमा लार्भा भेटिएको थियो ।
लामखुट्टेले यो समयमा डेंगे गराउने भएकाले खैरहनी नगरपालिकाले असोजको ५, ६ र ७ गते अभियान नै सञ्चालन गरेर लार्भा नष्ट गर्ने काम गरेको स्वास्थ्य संयोजक पाण्डेले बताइन् । खैरहनीमा चालु आर्थिक वर्षको दुई महिनामा एक जना पनि डेंगेका बिरामी फेला परेका छैनन् । गत आर्थिक वर्ष २०७४÷७५ मा जनामा देखिएकोमा अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा १ बालिकाको मृत्यु हुनुका साथै ८३ जनामा डेंगे पोजिटिभ देखिएको थियो ।
१२५ घरमा डेंगे गराउने लार्भा
१२५ घरमा डेंगे गराउने लार्भा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस