हेम रोकाहा/कायाकैरन
भरतपुर,१४ जेेेठ ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनको हालसम्मको मतपरिणामले नेकपा एमालेलाई ३ वटा प्रदेशमा पहिलो पार्टी बनाइदिएको छ । हालसम्म एमाले १२३ तहमा जित हासिल गर्दै पहिलो पार्टी बनेको हो । १०४ तह जितेको नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ, भने माओवादी केन्द्र ४६ तह जित्दै तेस्रो स्थानमा छ ।
चितवनका सात स्थानीय तहमध्ये ४ तह एमालेको कव्जामा परिसकेका छन् । एक÷एक तह कांग्रेस र माओवादी केन्द्रले जितेका छन् । अब अन्तिम भिडन्त भरतपुर महानगरपालिकाको लागि हुँदैछ । भरतपुर महानगरको हालसम्म २५ वटा वडाको मतगणना सकिँदा वडाध्यक्षमा नेकपा एमालेको बर्चस्व स्थापित भइसकेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले १४ वटा वडा आफ्नो कब्जामा पारिसकेको छ । विजयी भएका १४ वडामध्ये ११ वटा वडामा एमालेको प्यानलनै विजयी भएका छन् । वडा नम्बर २ मा पूर्ण बहादुर श्रेष्ठ, ९ मा यमलाल कंडेल, १० मा अरुणपीडित भण्डारी, ११ मा बाबुराम अधिकारी, १२ मा नरेन्द्र कुमार कन्दङ्वा, १६ मा चतुरमान गुरुङ, २२ मा विष्णुराज महतो, २३ मा नरि नारायण पौड्याल, २४ मा कान्छा मल्ल, २८ मा आश बहादुर कुमाल र २९ मा मन बहादुर मगरको प्यानल विजयी भएको हो । त्यस्तै, वडा नम्बर ४ मा हरिप्रसाद आचार्य र वडा नम्बर ७ मा राजेन्द्रमणी काफ्ले मात्रै वडाध्यक्षको रुपमा एमालेले पायो । वडा नम्बर ५ मा पदमपाणी सुवेदी एक सदस्य र एक पहिला सदस्यको साथमा वियजी भए । यसरी भरतपुरमा एमालेबाट हालसम्म १४५ मध्ये ६६ जना स्थानीय प्रनिनिधि निर्वाचित भइसकेका छन् ।
यता, ८ वटा वडाध्यक्ष जितेको नेपाली कांग्रेस दोस्रो स्थानमा रहेर एमालेलाई पछ्याइरहेको छ । अब बाँकी रहेका ४ वडाध्यक्ष जितेमा कांग्रेसको भागमा १२ वटा वडाध्यक्ष हुनेछ । कांग्रेसले जितेका ८ मध्ये ६ वडामा प्यानलनै विजयी भएका छन् । वडा नम्बर ३ मा चन्द्रमित्र पण्डित, ६ मा हरि विलास कोइराला, १४ मा ओम प्रसाद पोखरेल, १५ मा शम्भु बहादुर भण्डारी, १७ मा ललितमान तामाङ र २७ मा गोविन्द तामाङको प्यानल विजयी भएको हो । यस्तै १ नम्बर वडामा जयराम श्रेष्ठ र ८ मा दामोदर न्यौपाने एक सदस्य, एक महिला सदस्य र एक दलित महिला सदस्यको साथमा निर्वाचित भए । हालसम्म कांग्रेसका ५२ जना प्रतिनिधि चयन भएका छन् ।
माओवादी केन्द्रको भरतपुर महानगरपालिकामा अवस्था निकै न्यून रहेको छ । माओवादी केन्द्रले हालसम्म ३ वडाअध्यक्ष जितेको छ । जसमध्ये वडा नम्बर १३ मा माओवादी केन्द्रका प्रकाश दवाडीको प्यानल विजयी भएको छ । त्यस्तै २५ नम्बर वडामा विजय कुमार भुजेल र २६ मा ज्ञान प्रसाद खनाल मात्रै वडाध्यक्षको रुपमा माओवादी केन्द्रले पाएको छ । माओवादी केन्द्रलाई चितवनमा कमजोर पार्टीको रुपमा विश्लेषण गरिएको छ । कांग्रेसको समर्थनमा भरतपुरको मेयर पदको लागि उम्मेद्वार बनेकी माओवादी केन्द्रकी रेणु दाहाल नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीसँग प्रतिष्पर्धा गरिरहेकी छिन् । तर, कांग्रेस माओवादी गठबन्धनबाट मेयर पदमा दाहाल उठेपनि एमालेबाट मेयर पदका उठेका ज्ञवालीनै पछिल्लो मतगणनासम्म अगाडी छन् ।
२२ र २३ मा एमालेको प्यानल विजयी
भरतपुर÷भरतपुर वडा नम्बर २२ र २३ मा एमाले को प्यानल नै विजयी भएको छ । वडा नम्बर २३ मा एमालेका नरि नारायण पौड्याल १ हजार २२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम बहादुर कुँवरले ६३२ तम ल्याए । त्यस्तै, सदस्यहरुमा एमालेकै बाबुलाल थिङ र जित बहादुर बस्न्यात तथा महिला सदस्यमा विन्दु दराई र दलित महिला सदस्यमा अन्जु परियार समेत विजयी भएका छन् ।
त्यस्तै २२ नम्बर वडामा एमालेकै विष्णु राज महतोको प्यानल विजयी भएको छ । महतोले एक हजार ६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज क्षेत्रीले ८ सय १७ मत मात्र ल्याउन सके । त्यस्तै, सदस्यहरुमा एमालेकै प्रेम वहादुर थापा र सोम बहादुर गुरुङ तथा महिला सदस्यमा सिता पुन र दलित महिला सदस्यमा देउ माया विक समेत विजयी भएका छन् ।
यता वडा नम्बर १७ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । कांग्रेसका ललित मान तमाङले एक हजार ५७ मत ल्याई विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गौरस तामाङले ८ सय ४९ मत मात्रै ल्याए । त्यस्तै सदस्यहरुमा काँग्रेसकै मंगलध्वज गुरुङ र राज कुमार तामाङ तथा महिला सदस्यमा लक्ष्मी देवी महतो र दलित महिला सदस्यमा सरस्वती सुनार चिर्वाचित भएका छन् ।