रत्ननगर,१७ असोज ।बजाज कम्पनीका मोटरसाईकलको चितवनमा रहेका डिलरहरुले बुधबारदेखि ‘महाएक्सचेञ्ज मेला’ सुरु गर्दैछ । हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले मंगलबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाबारे जानकारी गराएको हो ।
केन्द्रीय बस टर्मिनल भरतपुरको खुला चौरमा बुधबारदेखि सुरु हुने मेला तीन दिनसम्म चल्नेछ । बजाजले काठमाडौं बाहिर पहिलोपटक चितवनमा मेला आयोजना गर्न लागेको हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिका सेल्स मेनेजर श्रीधर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार मेलामा कुनैपनि कम्पनीका मोटरसाईकल एक्सचेञ्ज गर्न पाइने, टेष्ट ड्राईभ, सांस्कृतिक कार्यक्रमलगायत कार्यक्रम रहने छ ।
टेष्ट ड्राईभबाट प्रत्येक दिन एक जनालाई पुरस्कृत गरिनेछ । मेल अवधिभर करिब १ हजार ५ सय मोटरसाईकल एक्सचेञ्ज गर्ने आयोजकको लक्ष्य छ । मेलास्थलमा चितवनमा रहेका चारवटै डिलरबाट मोटरसाईकल एक्सचेञ्जको व्यजस्था मिलाइएको रत्ननगरस्थित निशाश मोटर्सका सञ्चालक सञ्जीव थापाले जानकारी दिए । चितवनमा निशाश मोटर्ससहित नारायणगढमा नारायणी मोटर्स, केन्द्रीय बसपार्कमा एनके मोटर्स र खैरहनीको मगनीचोकमा आशीर्वाद अटो मोबाईल्स प्रालि बजाजका आधिकारिक सोरुम छन् ।
पत्रकार सम्मेलनमा नारायणी मोटर्सका सञ्चालक वालगोपाल चुकेले यहाँ रहेका डिलरहरुबीच आत्मीयता बढाउनका लागि पनि मेला आयोजना गरिएको बताए । नेपालभर वार्षिक ९० हजार वटा मोटरसाईकल बिक्री हँुदै आएको कम्पनीले जनाएको छ । कम्पनीका सेल्स मेनेजर भण्डारीका अनुसार बजाज मोटरसाईकल सर्वाधिक बिक्री हुने जिल्लामध्ये चौथोमा पर्छ ।
बजाजको महाएक्सचेञ्ज मेला
बजाजको महाएक्सचेञ्ज मेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस