भरतपुर,१४ असोज ।स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र यादवले चितवन मेडिकल कलेजको स्थलगत निरीक्षण गरेका छन् । उपचार सेवा प्रवाहबारे उनले जानकारी लिएका छन् । मन्त्रीले अस्पतालका आकस्मीक कक्षहुदै विभिन्न विभागको निरीक्षण सम्बन्धित चिकित्सकबाट जानकारी समेत लिएका थिए । मन्त्री डा. यादवसहितको टोलीलाई अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले स्वागत गरेका थिए ।
सोे अवसरमा अस्पतालका डा. शितल अधिकारीले मेडिकल आईसीयु, अस्पतालमा पहिलो पटक उपत्यका बाहिर सुरु गर्न लागेको कलेजो प्रत्योरोपण सेवाको विषयमा डा.छेतेन योङ्गजोङ्ग तथा चितवन बाहिर सञ्चालनमा रहेको १७ शैयाको पिआईसीयु सेवाको बारे डा. सन्तोष पाठक, अस्पतालको गुणस्तरी सेवाको विषयमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा, अस्पताल निर्देशक डा. दयाराम लम्साल र अप्रेशन म्यानेजर पारस अधिकारी अस्पताल र अस्पतालको शिक्षण विभागको विषयमा म्यानेजर अरुण कोइरालाले जानकारी गराए । सो अवसरमा अस्पतालका निर्देशक डा. न्यौपानेले नीजि क्षेत्रबाट ठुलो लगानी गरेर स्वास्थ्य उपचार सेवा दिएपनि सरकारको स्पष्ट नीति नहुदा नीजि अस्पताल बेलाबखत समस्या हुने गरेको बताए । अस्पतालमा बिरामीको चाप उच्च रहेको बताउदै सेवा विस्तार सरकारले विभिन्न विभाग, शैया तथा उपकरण थप्न गर्न सरकारको सहयोग खाँचो रहने डा. न्यौपानेका भनाइ छ । उनले स्वास्थ्य विमाको प्रथम सेवा केन्द्र हटाएर रिफरल सेन्टर बनाएको जन गुनासो समेत मन्त्री डा.यादवलाई प्रकट गरेका थिए । मन्त्री डा.यादवले सरकारलाई स्वास्थ्य उपचार सेवा दिन नीजि अस्पालहरुको ठुलो भूमिका रहेको भन्दै सहकार्य गरेर अगाडी बढ्न आफुहरु तयार रहेको बताए । उनले सरकारले स्वास्थ्य क्षेत्रमा भएको विकृतीअ अन्त्य गर्न फाईल ट्«याकिङ सिस्टम लागु गरेको जानकारी दिदै अब स्वास्थ्य संस्थाको विकृत अन्त्य हुने बताए ।
एचआईईएम)” तालिम सुरु
चितवनमा हाईव्रिड ईन्टरनेशनल ईर्मजेन्सी मेडिसिन (एचआईईएम) तालिम सुरु भएको छ । आकस्मीक चिकित्साको तालिम सुरु गर्न चितवन मेडिकल कलेजले तालिम सुरु गरेको हो ।
नेपालमै आकस्मीक उपचारको लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो तालिम सुरु गरिएको चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए । ४ वर्षे तालिम पश्चात् एमविविएस पास गरेका विद्यार्थीलाई मेम्बर अफ रोयल कलेज अफ इर्मजेन्सी मेडिसिन (एमआरसीईएम) र फेलोसिप ईन क्वालिटी ईन्प्रुभमेन्ट (एफक्यूआईएम)को डिग्री दिइनेछ ।
बेलायतको इन्टरनेशनल एकेडेमी अफ मेडिकल लिडरसीप (आईएएमएल) युके, ईन्टरनेशनल सेन्टर फर इर्मजन्सी मेडिसिन (आईसीईएम) युके, डनक्यास्टर एण्ड ब्यासेटल टिचिङ्ग हस्पिटल (डिविटिएच) युके र नेपालको चितवन मेडिकल कलेजले संयुक्त रुपमा प्रशिक्षण दिनेछ । इर्मजेन्सी मेडिसिनको विविध विषयमा उच्च तालिमका लागि प्रशिक्षार्थीहरुलाई पहिलो र चौथो वर्ष चितवन मेडिकल कलेजमा र दोश्रो र तेश्रो वर्ष डनक्यास्टर एण्ड ब्यासेटलः टिचिङ्ग हस्पिट वेलायतमा अध्यापन गर्नेछन् । तालिमबारे जानकारी दिन दुई दिने ‘चितवन इन्टरनेशनल इर्मजेन्सी मेडिसिन कन्फेरेन्स’ सुरु भएको छ । कन्फेरेन्सको उद्घाटन नेपाल सरकारका स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र यादवले गरेका छन् ।
कार्यक्रममा पाटन एकेडेमी अफ हेल्थ साईन्सका उपकुलपति प्रो.डा.भरत यादव, नेपाल मेडिकल काउन्सीलका उपाध्यक्ष डा.नारायण विक्रम थापा, स्वास्थ्य राज्यमन्त्रीका प्रमुख सल्लाहकार डा. केके राई, नेपाल मेडिकल काउन्सीलका रजिष्ट्रार डा.दिलिप शर्मा, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, चितवन प्रहरी प्रमुख सुशिलसिहं राठौर र वेलायतका विभिन्न क्षेत्रका चिकित्सकको सहभागिता रहेको थियो ।
सम्झौता पत्र आदानप्रदान
चार वर्षे तालिमको लागि चितवन मेडिकल कलेज, ईन्टरनेशनल एकेडेमी अफ मेडिकल लिडरसीप, ईन्टरनेशनल सेन्टर फर ईर्मेजन्सी मेडिसिन र डनक्यास्टर एण्ड ब्यासेटल टिचिङ्ग हस्पिटल वेलायत विचको सम्झौता पत्र स्वास्थ्य राज्य मन्त्री डा.यादवले आदानप्रदान गराएका थिए । दुई दिनसम्म चल्ने कन्फेरेन्समा देशभरबाट २ सय ५० जना चिकित्सकहरुको सहभागीता थियो । चितवन मेडिकल कलेज दैनिक १८ सय बढी बिरामीहरुलाई ओपिडी सेवा दिइरहेकोे छ । भने दैनिक ३५ वटा अप्रेशन र ४ सय ६० जना भर्ना भईरहेका विरामीहरु र १ सय ३० जनालाई आकस्मीक सेवा समेत प्रदान गरिरहेको छ ।
चितवन मेडिकल कलेजको स्वास्थ्य राज्य मन्त्रीद्वारा स्थलगत निरीक्षण
चितवन मेडिकल कलेजको स्वास्थ्य राज्य मन्त्रीद्वारा स्थलगत निरीक्षण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस