भरतपुर,१४ असोज ।चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी पुनः आन्दोलित भएका छन् । कृषि तथा वनविज्ञान विश्वविध्यालयको कार्यकारी परिषद्ले आठ निजी कलेजलाई सम्बन्धन दिने गत असार २० गतेको निर्णयलाई सर्वाेच्च अदालतले समेत सदर गरेको भन्दै विघार्थी आन्दोलित भएका हुन् ।
सम्बन्धनको विरोधमा विद्यार्थी संघसंगठनहरुले बन्दसहितका विभिन्न आन्दोलन गरेर नेपाल सरकारको मन्त्रीपरिषद्ले गत साउन १४ गते सम्पूर्ण सम्बन्धन प्रक्रिया रद्ध गर्ने निर्णय गरेको थियो । पछि निजी क्याम्पसको तर्फबाट निजी कलेज सञ्चालकहरुले सरकार र विश्वविद्यालयलाई प्रतिवादी बनाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । विश्वविध्यालयका शैक्षिक र परीक्षा बाहेकका सबै काम कारबाही ठप्प बनाएको अखिल (क्रान्तिकारी ) विश्वविद्यालय समितिका अध्यक्ष नगेन्द्र दाहालले बताए । उनका अनुसार विश्वविद्यालयका केही पदाधिकारीहरुले झुटा कागजातपत्रहरु बनाएर निजी कलेजहरुलाई प्रमाण जुटाइदिएकाले उनीहरुले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।
भदौ १२ गतेको सुनुवाइमा विश्वविद्यालयको वकिलले प्रतिवादीको तर्फबाट सरकारले गरेको निर्णयको बचाउ गर्नुको साटो निजी सम्बन्धनकै पक्षमा वकालत गरेर विश्वविद्यालय र सरकारको विरोधमा लागेको, निर्णय कार्वान्वयनमा गैरजिम्मेवार बनेर निजी कलेजकै पक्षमा लागेकाले आन्दोलनका कार्यक्रम अगाडि बढाउनुपरेको विद्यार्थी संगठनहरुको भनाइ छ । विश्वविद्यालय स्थापना भएदेखि नै पदाधिकारीहरु माफियाहरुको चलखेलमा लागेर निजीकरणमा उद्दत भएकाले विद्यार्थी संगठनहरुले स्थापनाकालदेखि नै सम्बन्धनको विरोध जनाउँदै आएका थिए । कुनै हालतमा सम्पूर्ण सम्बन्धन खारेज नभएसम्म आन्दोलन चलिरहने आन्दोलनरत विद्यार्थीहरु बताउँछन् । कृषि विश्वविद्यालयका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले पूर्वएमाले, माओवादी निकट विद्यार्थी संगठनहरु र नेविसंघले क्याम्पस प्रशासनमा ताला लगाएको बताए । उनले प्राध्यापकहरु यसअघि देखि नै आन्दोलनमा नै रहेको बताए । विश्वविद्यालयको वकिल र पदाधिकारीहरु नै निजी कलेजको पक्षमा लागेकोले अदालतको यस्तो फैसला आएको उनले आरोप लगाए ।
कृषि विश्वविद्यालयमा फेरी आन्दोलन
कृषि विश्वविद्यालयमा फेरी आन्दोलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस