भरतपुर,१३ असोज । साल्ट ट्रेडिङ कर्पोरेशन टिमिटेडले चाडबाडलाई लक्षित गरी सहुलियत दरको पसल सञ्चालनमा ल्याएको छ । दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरी साल्ट टे«डिङले सुपथ मूल्यमा दैनिक उपभोग्य समान बिक्रि गर्ने गरी पसल सञ्चालनमा ल्याएको हो । असोज १२ गतेदेखि कार्तिक २७ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन हुनेछ ।
चिनी र नुन प्रति व्यक्ति बढीमा ६ केजी किन्न पाइनेछ । प्रति केजी चिनीको मूल्य ७० र नुनको १८ रुपैयाँ कायम गरिएको छ । दाल, चामल, तेल, चियापत्ति, जीरा, धनियाँ पाउडर, मिट मसला लगायतका करिव ४६ प्रकारका खाद्यान्न बिक्रि वितरण सुरु भएको नारायणगढ शाखा प्रमुख वुद्धिविनोद दाहालले बताए । सहुलियत पसल विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । पसल सञ्चालनका लागि ६ जना कर्मचारी खटाइएको छ । उपभोक्तालाई सहज मूल्यमा सामान बेच्न पसल सञ्चालनमा ल्याइएको हो । बजार मूल्य नियन्त्रण गर्न पसलले सघाउने उनले बताए ।
सहुलियत पसल खुल्यो
सहुलियत पसल खुल्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस