भरतपुर,११ असोज ।एमनेष्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारणसभाले एमनेष्टी इन्टरनेशनल नेपालको अध्यक्षमा बिक्रम ढुकुछुलाई निर्वाचित गरेको छ । चितवनको रत्ननगरमा सम्पन्न वार्षिक साधारणसभाले एमनेष्टी इन्टरनेशनल नेपालको ११ सदस्यिय नयाँ बोर्ड निर्वाचित गरेको हो । बोर्डको कोषाध्यक्षमा सुरेश कुमार उपाध्याय निर्वाचित भएकाछन् । यस्तै पार्वता आचार्य, गोविन्द वाग्ले , कर्ण बहादुर कुँवर, सचिता कुइँकेल थापा, निखिल पोखरेल, महेश कुमार पौडेल, संगीता चापागाई, समिक्षा कोइराला र विपिन बुढाथोकी नँया बोर्डमा निर्वाचित भएकाछन् ।
एमनेष्टी इन्टरनेशनल नेपालले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचित बोर्ड तथा पदाधिकारीबारे जानकारी गराएको हो । साधारणसभााले वर्ष २०१९ का लागि प्रस्तुत गरीएको बजेट तथा कार्ययोजना समेत अनुमोदन गरेको एमनेष्टी नेपालका निर्देशक निराजन थपलियाले बताए । “वार्षिक साधारणसभा संस्थाको नीतिगत निर्णय गर्ने सर्वोच्च निकाय हो,” उनले भने, “नेपाल भर रहेका समुह तथा निर्माणाधिन समुहका प्रतिनिधको सहभागितामा साधारणसभाबाटै वार्षिक बजेट तथा कार्ययोजना अनुमोदन गराइन्छ ।” साधारणसभामा आर्थिक वर्ष २०७४÷७५को वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरिएको छ । जसअन्र्तगत यसपटक आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चितताका लागि पूर्व मेची देखि पश्चिम महाकाली सम्म चेतनामुलक र दवावमुलक अभियान क्याराभान गरिएको प्रतिवेदनमा उललेख छ । क्याराभान अन्र्तगत देशका १७ जिल्लामा कार्यक्रम गरिएको प्रतिवेदनमा उल्लेख छ ।
असोज ६ देखि ८ गतेसम्म चलेको वार्षिक साधारणसभामा प्रतिनिधिहरुले दण्डहिनता, महिला विरुद्ध हुने हिंसा, आप्रवासी श्रमिकका अधिकार,खुम्चिदो नागरिक तथा राजनीतिक स्पेस र जलवायु परिवतृनले मानिसको जीवनमा पार्ने असर लगायतका मानव अधिकार सम्बन्धित विषयमा छलफल चलाइएको अध्यक्ष राजन कुइकेलले बताए । मुख्यतः मानवअधिकार रक्षा र दण्डहिनता अन्त्यको क्षेत्रमा अभियानमुलक दवाव कार्यक्रम गर्ने एमनेष्टीले आफ्नो मर्म र उद्धेश्य अनुरुप काम गर्न कटिवद्ध रहदै आएकोे बताए ।
देशभरका एमनेष्टीका प्रतिनिधिले बंगलादेशका फोटो पत्रकार शहिदुल आलम र म्यानमारका पत्रकाद्वय क्यासो ओ र वा लोनको रिहाइको माग गरेको छ । गत वर्ष हत्या गरिएकी भारतकी पत्रकार गौरी लंकेशका लागि न्यायको माग गर्दे दवाव मसलक कार्यक्रम गरेको जानकारी दिइएको छ । एमेनेष्टी नेपालको युथ नेटवर्क रामपुर युथका सदस्यहरुले रत्ननगरको बकुलहर चोकमा महिला हिंसा र हिंसा सम्बन्धी घटनामा व्याप्त दण्डहिनता अन्त्यको माग गदेृ सडक नाटक प्रस्तुत गरेको निर्देशक थपलियाले बताए । मानवअधिकारको विश्वव्यापी घोषणामा उल्लिखित सबै अधिकार बिना कुनै भेदभाव निर्वाध उपभोग गर्न पाउनुपर्छ भन्ने अभियानमा एमनेष्टी इन्टरनेशनल लागि परेको छ ।
सन् १९६९ मा कानुन व्यवसायी नुतन थपलियाले पहिलोपटक नेपालमा एमनेष्टी इन्टरनेशनलको स्थापना गरेकीहुन् । त्यसको केही वर्ष पछि सन् १९७१ मा एमनेष्टी इन्टरनेशनलले नेपाल शाखालाई मान्यता दिएको थियो तर त्यो मान्यता १२ वर्षपछि पुनः खोसियो । त्यसपछि विभिन्न चरणमा देशमा भएका राजनीतिक परिवर्तनको फल स्वरुप पुनः १९९३ मा नेपाल शाखाले आफ्नो मान्यता पाएको हो । हा एमनेष्टी इन्टरनेशनल नेपालको देशका ३७ जिल्लामा ७० भन्दा बढी स्थानिय समुह रहेकाछन् । साथै ४० भन्दा बढी युथ नेटवर्क सक्रिय रहेकाछन् । सन् २०१८ को अगष्ट सम्म देशभरमा आठ हजार सदस्य रहेका छन् । भने विश्वभरी १५० भन्दा बढी मुलुकमा ७० लाख बढी सदस्य उवम् सहयोगि छन् ।