• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

रत्ननगर अब ‘फ्री वाईफाई जोन’

  •  
  • बुधबार, असोज १०, २०७५ / ७ वर्ष अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    धु्रवराज खनाल/कायाकैरन
    रत्ननगर,१० असोज ।रत्ननगर नगरपालिकाका पाँच ठाउँलाई ‘फ्री वाईफाई जोन’ बनाइएको छ । नगरलाई सूचना प्रविधिमैत्री बनाउनुका साथै सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सुविधा दिने उद्देश्यले ती ठाउँमा वाईफाई निःशुल्क चलाउने व्यवस्था गरिएको हो ।
    पहिलो चरणमा रत्ननगर–११ स्थित धर्मधाम, रत्ननगर–१ स्थित बसपार्क, २ को टाँडीचोक, ७ को चराचोक र १४ स्थित पारिजात चोकलाई फ्री वाईफाई जोन बनाइएको नगर प्रमुख नारायण वनले बताए । वनका अनुसार अन्य क्षेत्रमा पनि यसलाई विस्तार गरिनेछ । इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्ड नेटवर्कसँगको सहकार्यमा नगरपालिकाले निःशुल्क वाईफाईको सेवा सुरु गरेको हो ।


    नप्रतिनिधिहरुले स्थानीय तहको चुनावमा नगरलाई फ्री वाईफाई जोन बनाउने चुनावी नारासमेत बनाएका थिए । “सामान्य नगरबासीलाई पनि इन्टरनेटको पहुँचमा पु¥याउने हाम्रो लक्ष्य हो”, नगर प्रमुख वनले भने, “इन्टरनेटको प्रयोगबाट हरेक वर्ग लाभान्वित हुने आशा छ ।” श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौनामा एक कार्यक्रमबीच मंगलबार प्रतिनिधि सभा सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सेवा शुभारम्भ गरे ।
    नगरपालिकाले सुरुवात गरेको यो कार्यले नगरबासीको जीवन सहज र परिणाममुखी बनाउने विश्वास उनले व्यक्त गरे । विशेषत यसले विद्यार्थी र बालबालिका बढी लाभान्वित हुने उनले बताए । रत्ननगर नगरपालिकाका उपमेयर विमला दुवाडीले धर्मधाममा धार्मिक पर्यटकीय क्षेत्रसमेत रहेकाले फ्री वाईफाईको सुविधाले पर्यटकलाई सुविधा पुग्ने बताइन् । फ्री वाईफाई शुभारम्भ कार्यक्रममा प्रदेश सांसद्हरु कृष्ण खनाल, कञ्चन खनाल, वडाध्यक्षहरुलगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।
    रत्ननगर यसअघि मोबाईल एप्समार्फत ४० वटा फिचरको माध्यमबाट नगरका सम्पूर्ण गतिविधि थाहा पाउने प्रविधिको विस्तार गरिसकेको छ । त्यस्तै नगरपालिकालाई पेपरलेस बनाउन सम्पूर्ण वडलाई दैनिक पत्राचार र सञ्चार इमेलमार्फत जोडिएको, अनलाईनमार्फत घर नक्सापासको व्यवस्था मिलाइएको, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षालाई अनलाईन प्रणालीबाट लागू गरिएकोलगायतका कार्य सञ्चालनमा रहेको नगरपालिकाका सूचना तथा प्रविधी अधिकृत रवि तिवारीले बताए ।

    खैरहनीमा ध्वनी सूचना पाटी
    खैरहनी नगरपालिका कार्यालयले सूचना प्रविधिमैत्री नगर बनाउने क्रममा ध्वनी सूचना पाटी (अडियो नोटिस बोर्ड ) को सुरुआत गरेको छ । सो बोर्डमार्फत नगरपालिकाका हरेक सूचना सरोकारवालाले आवाजमार्फत सुन्न सक्नेछन् ।
    नगरपालिकाले सोमबारदेखि यो प्रविधिको विस्तार गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । सूचनाका लागि १६१८०५६५८२८८५ नम्बर डायल गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जाल र पत्रपत्रिकाको पहुँचमा पुग्न नसकेका नगरबासी तथा नगरपालिका कार्यालयसम्म नपुगी सूचना थाहा पाउन ध्वनी सूचना पाटीले सहयोग पुग्ने शर्माले बताए ।
    नगरपालिकाले यसअघि ग्रुप एसएमएस सिस्टमबाट सूचना तथा चिठी पठाउने, घटना दर्ता अनलाईनमार्फत गर्ने, खैरहनी–१ क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा सीसीटिभी क्यामेरा जडान गर्ने काम गरिसकेको नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत सुरेश चौधरीले जानकारी दिए ।

    बुधबार, असोज १०, २०७५ प्रकाशित
    संबन्धित शिर्षकहरु
    प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती
    १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन
    चितवनका युवा उद्यमी लम्साल सम्मानित
    यो पनि हेर्नुहोस
    डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा
    बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने
    नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal
     

    Loading Comments...