भरतपुर,१३ जेठ।
शैक्षिक परामर्श केन्द्र ग्लोबल रिचले नेपालमा शाखा स्थापना भएको दशौँ वर्ष पुरा गरेको अवसरमा विभिन्न सामाजिक काम गरेको छ । नारायणगढ शाखामा शनिबार रक्तदान कार्यक्रम गरेको छ । कर्मचारी, विद्यार्थी सहित २७ जनाले रक्तदान गरेका छन् । देवघाटमा रहेका संस्कृति विद्यालय तथा आश्रममा सहयोग गरेको छ ।
ग्लोबल रिच नारायणगढका प्रमुख सुरेश पौडेलले सामाजिक उत्तरदायित्व बहन गर्दै खुशियाली साटासाट गरेको बताए । देवघाटमा सस्कृत पढाई हुने वेदवेदाङ स्कुल, रामजनकी बालिका आश्रमलाई आर्थिक सहयोग गरेको छ । यस्तै गलेश्वर आश्रममा रहेका जेष्ठ नागरिकलाई एक दिनभरको खाजा, खाना सहयोग गरेको छ । ग्लोबल रिचका विभिन्न ६ देशमा शाखा सञ्चालनमा छन् । ग्लोबल रिचले अष्ट्रेलिया, न्यूजिल्याण्ड, युके, यूएसए, क्यानडा पढ्न जान चाहने विद्यार्थीलाई परामर्श दिदै आइरहेको छ ।