भरतपुर,९ असोज ।सामाजिक उत्तरदायित्व वहन गरेको भन्दै भरतपुरको एलाईभ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक चिकित्सक दम्पत्ति सम्मानित भएका छन् ।
थारु कल्याणकारीणी सभाको केन्द्रीय महाधिवेशनको अवसरमा अस्पतालका प्रबन्ध निर्देशक डा. बीएम खरेल र अर्थोपेडिक सर्जन डा. प्रमोद लामीछाने सम्मानित भएका हुन् । २०६५ सालमा थरुहट आन्दोलनको क्रममा घाइते भएका चितवनका सञ्जित महतोको निःशुल्क उपचार गरेका थिए ।
९ वर्षसम्म ओछ्यानमा रहेका महतो उपचारपछि हिड्न सक्ने भएका थिए । थलापरेका बिरामीको निःशुल्क उपचार गरेर पुरानो अवस्थामा ल्याएको भन्दै सम्मान गरिएको हो । निजी अस्पताल सञ्चालन गरेपनि डा. लामिछाने र डा. खरेलले दुःखी र आर्थिक विपन्नता भएका धेरैको उपचार गरेका छन् । हाडजोर्नीको उपचारमा अब्बल मानिएका लामिछानेले जटिल अवस्थाका बिरामीको सफल उपचार गर्दै आएका छन् ।
डाक्टर दम्पत्ति सम्मानित
डाक्टर दम्पत्ति सम्मानित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस