भरतपुर , ७ असोज ।
नवनियुक्त प्रमुख मेडिकल सुपरीटेन्डेण्टलाई बधाई दिन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आईतवार विहान अस्पतालको प्रशासनमा उपस्थित थिए । कार्यालय समयमा पुगेका प्रमुख मेसु डा. कृष्ण प्रसाद पौडेलले आफुलाई बधाई दिनेहरुलाई पालैपालो अंगमाल गरे । अस्पतालका चिकित्सकहरुलाई अंकमालबाट आत्मियता साट्दै धन्यवाद दिए । उनले नयाँ तरिकाबाट जिम्मेवारी ग्रहण गरेका हुन । ‘ यहाँ कसैको पनि भूमिका सानो ठुलो छैन , सबैको साथ र सहयोगबाट अस्पतालको सेवा संचालन गर्ने हो ’ नवनियुक्त मेडिकल सुपरीटेन्डेन्ट डा. पौडेलले भने ‘ अग्रजको अनुभवबाट सबैलाई समेटेर काम गर्ने मेरो सोच हो ’ । उनले नयाँ तरिकाबाट बधाई पदभार ग्रहण गरेका छन ।
नेपाल सरकारबाट प्रमुख मेसुमा नियुक्त भएपछि उनलाई अस्पतालका चिकित्सक , स्वास्थ्यकर्मी तथा कर्मचारीले स्वागत गरेका हुन । उनले विरामीले लाईन बस्न नपर्ने गरेर काम गर्ने बताएका छन । ‘ अब सेवा बढाउने होईन भउका सेवाई प्रभावकारीता बनाउने हो ’ उनले भने ‘ हरेक स्थानमा लाईन बस्नुपर्ने बाध्यता छ । विरामीले लाईन बस्न नपर्ने भए मात्रै आफु सफल भएको अनुभव गर्छु ’ ।
उनले सबैको साथबाट काम गर्ने बताएका छन । स्वागत कार्यक्रममा अस्पतालका निवर्तमान मेसु डा. रविन खड्काले बधाई दिदै अस्पतालको छोटो बसाईमा धेरै सिक्न पाएको बताए । पूर्व मेसु डा. रुद्र प्रसाद मरासिनीले अस्पतालको विकास र सेवाको गुणस्तरीयतामा ख्याल गर्न सुझाव दिए ।