भरतपुर,६ असोज ।विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक परामर्शदाता संस्था युनिक्याम्पस ग्लोबलले भोलि असोज ७ अष्ट्रेलिया एजुकेसन फेयर गर्दैछ ।
मुख्य कार्यालय काठमाडौंसहित चितवन, बुटवल तथा पोखरामा एजुकेसन फेयर गर्न लागेको युनिक्याम्पस ग्लोबल चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर अच्युत पण्डितले जानकारी दिए । “धेरै विद्यार्थी तथा अभिभावकको सपनाको सुन्दर ठाँउ अष्ट्रेलिया भएपनि कुरा नबुझी जाँदा दुःख पाउन सक्छ”, पण्डितले भने, “महत्वाकांक्षा बोकेर जाँदा विद्यार्थीमा नैराश्यता बढेको छ ।”
यही अज्ञानता र भ्रम हटाउनका लागि एजुकेसन फेयर गर्न लागिएको उनले बताए । पहिला अध्ययन अनि अवसरका बारेमा फेयरमा विद्यार्थी तथा अभिभावकलाई बुझाउने उनले बताए । फेयरमा अनुभवी काउन्सिलर तथा अष्ट्रेलियन कलेज तथा विश्वबिद्यालयका प्रतिनिधिहबाट यथार्थ जानकारी प्रदान गरिनेछ ।
फेयरमा सहभागीलाई विभिन्न उपहार र बम्पर पुरस्कारका रुपमा सामसुङको ट्याबसमेत प्रदान गरिने संस्थाले जनाएको छ । कार्यक्रम बिहान १० देखि साँझ ५ बजेसम्म भरतपुर गार्डेन रिसोर्टमा हुनेछ ।