राजन खरेल
नवलपरासी, १३ जेठ ।
प्रेस चौतारी नेपाल नवलपरासी शाखाले नवलपरासी जिल्ला अन्र्तगत प्रदेश नंम्बर ४ भित्रका विजयी नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई बधाई ज्ञापन गरेको छ । शाखाले स्थानिय तह निर्बाचन २०७४ मा नेकपा एमालेको तर्फबाट नगरपालिका र गाउँपालिकामा बिजयी उम्मेद्वारलाई बधाई दिएको हो । शनिबार गैडाकोटमा आयोजित एक समारोह बिच नेकपा एमालेका केन्द्रिय सदस्य तिलक महत लगायतका नेताले विजयी उम्मेद्वारलाई बधाई तथा शुभकामना दिनुभयो । समारोहमा विजयी उम्मेद्वारलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो । समारोहमा गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, कावासोती नगरपालिकाकी मेयर चन्द्रा पुन, उपमेयर प्रेम शंकर मर्दनिया थारु, देबचुली नगरपालिकामा निर्बाचित उपमेयर पार्वती तिवारी, हुप्सेकोट गाउँपालिकाकी उपप्रमुख स्वतन्त्र कोपिला मल्ललाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ । यसैगरि, समारोहमा नेकपा एमालेको सुर्य चिन्ह लिएर बिभिन्न वडामा विजयी अन्य ४ दर्जन उम्मेद्वारलाई फुल र टिकाद्धारा सम्मान गरिएको छ ।
यसैबिच कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय सदस्य तिलक महतले नव निर्बाचित सम्पुर्ण जनप्रतिनिधीलाई बधाई दिदै जनताको काममा ढिलासुस्ती नगरि सर्बसुलभ र गुणस्तरिय सेबा प्रवाह गरि पार्टि र कार्यकर्ताको शिर ठाडो पार्न निर्देशन दिनुभएको छ । २० वर्ष पछि भएको स्थानिय तह निर्वाचन संगै जनतामा बिकासको चाहना बिकसित भएको सन्र्दभमा जनचाहना अनुरुप सधै अघि बढ्न आग्रह गर्नुभएको छ । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष रोशन बहादुर गाह, प्रदेश नम्बर ४ का लेखा सदस्य कृष्ण घिमिरे, जिल्ला कमिटि सदस्य ज्ञानहरि पौडेल, प्रेस चौतारी केन्द्रिय सदस्य बिद्रोहि गिरी लगायतले विजयी उम्मेद्वारलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै बिकसित र समृद्ध मुलुक निर्माण गर्न स्थानिय तह बाटै लागि पर्न आग्रह गर्नूभयो ।
प्रेस चौतारी नेपाल नवलपरासी शाखाका सचिब सागर पोख्रेलले संचालन गरेको सो कार्यक्रम शाखाका अध्यक्ष हिमाल देब पंगेनीको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रेसचौतारी नेपाल नवलपरासी शाखाले विजयी उम्मेद्वारलाई बधाई ज्ञापन
प्रेसचौतारी नेपाल नवलपरासी शाखाले विजयी उम्मेद्वारलाई बधाई ज्ञापन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस