भरतपुर, ३० भदौ ।
बीपी चिन्तन प्रतिष्ठानले चितवनले ‘नेपाली कांग्रेस चितवनका अग्रजहरुको संक्षिप्त जीवनी’ पुस्तक तयार पारेको छ । लोकतन्त्रका पक्षमा संघर्ष गरेका ६५ वर्ष उमेर पुगेका वा सहादत प्राप्त व्यक्तिलाई चिनाउने गरी पुस्तक तयार पारिएको हो ।
२००७, २०१८, २०४६, ०६२÷६३ सालको आन्दोलनमा भूमिका खेलेका नेता तथा योद्धालाई चिनाउने प्रयास गरिएको छ । २०७३ साउनदेखि स्रोतव्यक्ति पहिचान गरेर जीवनीसहितको पुस्तक तयार पारिएको प्रतिष्ठान चितवनका उपाध्यक्ष शालिग्राम शर्माले जानकारी दिए ।
पुस्तकको विमोचन शनिबार बीपी कोइराला क्यान्सर अस्पतालको सभाहलमा एक कार्यक्रमकाबीच गरिदैछ । पुस्तकमा १ सय १३ जनाको जीवनी, आन्दोलनमा ज्यान गुमाएका २९ जना र बेपत्ता पारिएका ३ जनाको संक्षिप्त परिचय समावेश गरिएको उनले बताए । दिवंगत भएकाको परिवार, समकालीन र तीनका बारेमा लेखिएका लेखका आधारमा केहीको जीवनी तयार गरिएको छ । प्रश्नावली फारामनै दिएर विवरण संकलन गरिएको थियो । प्रजातन्त्र सेनानी महेश्वरलाल प्रधान, एकनाथ रानाभाट, पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे, टेकप्रसाद गुरुङ, शेषनाथ अधिकारी, पृथ्वीमान गुरुङलगायतले दिवंगत योद्धाका बारेमा सोधखोजमा सघाएका थिए ।
प्रतिष्ठान चितवनका अध्यक्ष एकनारायण शर्मा पौडेलले बीपीका वैचारिक सिद्धान्तलाई गाउँ–गाउँसम्म पु¥याउन जीवनी समेटिएको पुस्तकले सघाउने बताए । लोकतन्त्रको स्थापना र सम्वद्र्धनमा योगदान पु¥याएका व्यक्तिको सम्मान गर्ने पुस्तक ऐतिहासिक दस्तावेजका रुपमा रहने विश्वास गरे । राज्य तथा पार्टीले घोषणा गरेका सहिदका योगदान स्मरण गर्न पुस्तक सहयोगी बन्ने बताए । पुस्तकमा ४ सय पृष्ठ छन् ।
पुस्तकको मूल्य संस्थागत १ हजार रुपैयाँ छ । विपी कोइरालाको १ सय ५ औं जन्मजयन्तीको अवसर पारेर सभाहलमा जीवित योद्धा र शहीद परिवारका सदस्यलाई सम्मान कार्यक्रम समेत गरिदैछ । कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, विपी विचार समाजका अध्यक्ष कुलबहादुर गुरुङको सहभागितामा कार्यक्रम हुदैछ । विपी चिन्तन प्रतिष्ठानले वैचारिक बहस, संगठन सुदृढिकरण, तालिम सञ्चालन तथा वैचारिक पुस्तक प्रकाशन गर्दै आएको छ ।
जीवित योद्धा र शहीदको जीवनी पुस्तक तयार
जीवित योद्धा र शहीदको जीवनी पुस्तक तयार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस