भरतपुर,२८ भदौ ।
सुनचाँदी व्यवसायी महिला समूह जिल्ला समिति चितवनको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले रुपा बरालीसहित १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष शान्ता थापा विश्वकर्मा, उपाध्यक्षहरु कमला घताने, कल्पना गोतामे, सचिव सरिता घताने, कोषाध्यक्ष विष्णु खाती, सहसचिवमा इन्दिरा सदाशंकर, सहकोषाध्यक्षमा मञ्जु घताने तथा सदस्यहरु शारदा सेञ्चुरी, गंगा रामदाम, सीता सदाशंकर, गंगा सेञ्चुरी, सचिना बराली, रुसी पोख्रेल, धनु पोख्रेल, रचना सेञ्चुरी निर्विरोध निर्वाचित भएका छनत् ।
अधिवेशनलाई उद्घाटन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले सुनचाँदी व्यवसायी महिला समूहको स्थापनादेखि आफूले यस संघलाई सहयोग सल्लाह सुझाव प्रदान गर्दै आएको बताए । उनले महिला व्यवसायीलाई आवश्यक परेको जुनसुकै खण्डमा पनि आफूले सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
महासंघका केन्द्रीय सदस्य चित्रबहादुर खाती, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योति विश्वकर्मा, सुनचाँदी बचत तथा ऋण सहकारी संस्था चितवनका अध्यक्ष बाबुराम रामदाम, नवलपुर सुनचाँदी व्यवसायी महिला समूहकी अध्यक्ष मिठू रामदामलगायतले मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनमा सुनचाँदी व्यवसायी महिला समूह जिल्ला समिति चितवनको स्थापनादेखि हालसम्म विभिन्न किसिमले सहयोग गरेको भन्दै युवा व्यवसायी त्रिलोक भि.के रामदामलाई ताम्र–पत्र सहित अभिनन्दन गरेका थिए । अधिवेशन सुनचाँदी व्यवसायी महिला समूह जिल्ला समिति चितवनको अध्यक्ष ऋतु सेञ्चुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।