भरतपुर, २७ भदौ ।
साफ सुजुकी कपमा पहिलो पटक फाइनल पुग्नका लागि अब नेपालसँग ४५ मिनेटको मात्र समय बाँकी रहेको छ । ढाकामा जारी च्याम्प्यिनसिपको सेमिफाइनलको पहिलो हाफमा समाप्तीमा नेपाल १–० ले पछाडि रहेको छ ।
कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बसक्सको केहि बाहिर पाएको फ्रिकिकलाई गोलमा परिणत गरेका थिए । अक्रमको प्रहार रोक्न नेपाली रक्षक सुमन अर्यााल र गोलकिपर किरण चेम्जोङले रोक्न सकेनन् । नेपाली टोली आज खेलको सुरुवातबाट लयमा देखिएन। लगातारको वर्षाले मैदान चिप्लो हुँदा नेपाली टोलीको कुनै पनि मुभ सोचे अनुरुपको भएको थिएन ।
२७ औं मिनेटमा चट्याङ र वर्षाको कारणदेखाउँदै आयोजकले रेफ्रीलाई खेल्न स्थगित गर्न लगाएका थिए । झन्डै आधा घन्टा पछि खेल सुरु हुँदा नेपाली टोली केहि लयमा देखिएपनि बराबरी गोल फर्काउन सकेन ।
सार्क गोल्ड कप र साफ च्याम्पियनसिप गरि २५ वर्षे इतिहासमा नेपाल सेमिफाइनल पुगेको चौथो पटक हो । यसअघि नेपाल सन् १९९९, २०११, २०१३ मा सेमिफाइन पुगेको थियो । अहिले सम्म नेपाल फाइनल पुगेको छैन ।
(ढाकाबाट प्रकाश तिमिल्सिनाको सहयोगमा )