भरतपुर, २७ भदौ ।
साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको खेल ठूलो मेघगर्जनसहित वर्षा भएपछि रोकिएको छ । पहिलो हाफको २७ औं मिनेटमा खेल रोकिएको हो ।
सुरुआतदेखि नै हल्का वर्षा भइरहेपनि खेल चलिरहँदा वर्षा बढ्दै गएको हो । ३० मिनेट कटेपछि ठूल्ठुला मेघगर्जन सुरु भएको थियो । २७ औं मिनेटमा रेफ्रीले खेल रोकेका हुन् ।
माल्दिभ्सले खेलको सुरुआतमै फ्रिकिकमार्फत अग्रता लिइसकेको छ ।
प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा माल्दिभ्सका लागि कप्तान आक्रम घानीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्स र गोलरक्षकलाई झुक्याउँदै गोल भएको थियो ।