२७ भदौ ः अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ ।
पहिरो खसेर मङ्गलबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक २४ घण्टापछि दुइतर्फी खुलेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उक्त सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको थियो ।
पछिल्लो समय नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्ने क्रम जारी छ । सडक अवरुद्ध हुँदा तीज मनाउन हिँडेका महिला बढी समस्यामा परेको बताइएको छ ।