भरतपुर, २७ भदौ ।
हिजो साँझ नै एकतर्फी खुला गरिएपनि नारायणगढ–मुग्लिङ सडक पार गर्न यात्रुले निकै सकस व्यहोर्नु परिरहेको छ ।
कालीखोलामा गएको पहिरो निकै ठूलो भएकोले दुःखसाथ एकतर्फी खुलाइएपनि गाडी–गाडीले गरेको अचाक्ली जाम अनि धेरै लामो लाम भएकोले कटाउन गाह्रो परिरहेको छ । राति २ बजेसम्म गाडी कटाउन खटिएका जिल्ला ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले गाडी कटाउन निकै सकस भएको बताए । उनले जतिसक्दो यात्रुलाई सहज बनाउने कोसिस भइरहेको बताए ।
मुग्लिङ बजारमा रहेका पत्रकाार रोहिणी त्रिपाठीका अनुसार मुग्लिङ बजार कटेर धेरै परसम्मै गाडीको जाम उस्तै छ । एकतर्फी खुलाइएपनि गाडी सहज नकटेको उनले बताए ।
हिजो बिहान १ बजेतिर गएको पहिरो बेलुकि पौने ७ बजेतिर एकतर्फी खुलाइएको थियो ।