भरतपुर,२७ भदौ ।चितवनमा न्यून रासायनिक मल आपूर्तिका कारण धानको मौसममा माग धान्न मुस्किल भएको छ । करिब एक महिना अघिदेखि युरिया मल अभावका कारण किसानले चर्काे मूल्य तिरेर अन्य मल खरिद गर्न बाध्य भएका छन् ।
साउनपछि एकपटक मल आएकाले ५० प्रतिशत मात्रै माग धान्न सकिएको कृषि सामग्री कम्पनी लिमिटेड चितवन शाखाका प्रमुख रवीन्द्र गौतम बताउनुहुन्छ । जिल्लामा धानका लागि करीब एक हजार ५०० मेट्रिकटन मल आवश्यक पर्छ । पारबहनमा भएको समस्याले भारतबाटै नियमित मल आपूर्ति हुन नसकेको बताइन्छ । “मल नभएर भन्दा पनि नियमित आपूर्ति हुन नसकेको हो, देशभरी गरेर करीब १३ हजार मेट्रिकटन मल आयो, अझै १२ हजार मेट्रिकटन आउन बाँकी छ”, प्रमुख गौतम भन्छन् ।
उनका अनुसार चितवनमा एक महिनाको अवधिमा ५०० मेट्रिकटन मल आएकामा वितरण भइसकेको र अझै ४०० मेट्रिकटन मल आउन बाँकी छ । जिल्लामा पनि ५० प्रतिशत नै माग पूरा भएको र अझै ५० प्रतिशत माग रहेको उहाँको भनाइ छ । अहिलेको मौसममा धानखेतीका लागि चाहिने युरिया मल साउनको दोस्रो सातादेखि अभाव हुँदा किसान मारमा छन् । अनुदानको मल अभाव भएपछि किसानले निजीस्तरको मल चर्काे मूल्य तिरेर खरीद गर्न बाध्य भएका छन् ।
जिल्लामा भदौ महिनामा एक हजार ५०० मेट्रिक टन मल खपत हुनेगर्छ तर साउनदेखि नै मल अभाव हुँदा किसानले दोब्बर पैसा तिरेर एमोनिया सल्फेट(चिनी मल) खरिद गर्न बाध्य भएका हुन् । जिल्लामा साल्टट्रेड्रिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले मल आपूर्ति गर्दै आएको छ । दुबै स्थानमा मल अभाव छ । अनुदानको युरिया मल मूल्य प्रतिबोरा रु ७६५ छ तर गैर अनुदानविनाको चिनी मल रू एक हजार ३०० माथि छ । मल अभाव भएपछि लागि प्रतिबोरा रु २५ घटाएर एक हजार ३३५ मा एमोनिया सल्फेट बिक्री गरिरहेको उक्त लिमिटेडका प्रमुख बुद्धिविनोद दाहाल बताउँछन् । रासस
चितवनमा मल अभाव
चितवनमा मल अभाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस