रमाइलो मान्ने अनेक तरिका हुन्छन् । चाडबाड मनाएर गरिने रमाइलो निकै महत्वपूर्ण हुन्छ । आज नेपाली नारीहरुको महान पर्व तीज । महिलाहरुका लागि विशेष पर्व । महिलाहरु गीत गाएर नाच्ने पृथक यो पर्वको बेग्लै महत्व छ । अघिल्लो रात मिठो खाने र आज ब्रत बसी पूजाआजा गर्ने तथा नाचगान गरेर रमाउने प्रचलन नेपाली महिलाहरुमा छ । दर खाने दिनबाट तीज सुरु हुने भएपनि धेरै अघिदेखि नै टोलटोलमा तीजको माहोल भने तातिसकेकै हो । महिलाहरूको महान चाड तीज र गीतबीच विशेष सम्बन्ध छ । घर, टोल, छिमेकमा तीजको रौनकता छाएको छ । चाडबाडलाई जति मर्यादित बनाउन सकियो यसको मर्यादा र सांस्कृतिक निरन्तरता उति नै बढ्छ । यसले महŒवपनि पाउँछ । त्यसकारण संस्कृतिलाई कूकृति होइन, संस्कृतिकै रुपमा मनाउनुपर्छ भन्नेमा पनि उत्तिकै बहस हुने गरेको छ ।
तीज पर्व महिलाकै लागि हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान तथा मनोरञ्जनसमेत गरिन्छ । नेपाली हिन्दू महिलाद्वारा स्वतन्त्र र आनन्दमयरुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि हर्Èोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरुपले नेपालभर मनाइन्छ भने भारतका कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ आरध्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत बसेकी थिइन् । त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिन आजसम्म हिन्दू नारीहरुले यो पर्व मनाउँदै आएका छन् । हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुस“ग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्È पूरा भईसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउ“दा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार ब्रत बसिन् । यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह भयो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरुले यस दिनलाई उत्सवका रुपमा मनाउन थाले भन्ने पौराणिक कथन छ ।
पौराणिक कुरा जेजस्तो भएपनि वर्तमानमा हामी यो संस्कृति जोगाउँदै मनोरञ्जनासाथ यो पर्व मनाउँदैछौं । गीत गाउनु र नाच्नु नै यो पर्वको सबैभन्दा सुन्दर पक्ष हो । तर, दोहोरो अर्थ लाग्ने तथा अश्लिल शैलीका गीतका कारण स्रोता तथा दर्शकले परिवारका सबै सदस्य बसेर सुन्न मिल्ने तीजगीत तयार हुनै छाडेको आरोप लाग्न थालेको छ । कतिपय कमेडी गीतलाई समेत सस्तो लोकप्रियताका नाममा तीजका गीत भन्दै प्रचार गरिएको छ । आजभोलि तीजका गीतहरुमा महिलाको भन्दा पुरुष बढी हावी भएको पाइन्छ । व्यावसायिकता र आधुनिकताका नाममा हाम्रा मौलिक गीतसंगीतलाई हामीले धमिल्याई रहेका त छैनौं ? त्यस्तै तीज पर्वलाई भड्किलो हुन नदिन स्वयं प्रतिबद्ध हुनुपर्छ । पछिल्ला समयमा दर खाने बहानमा थुप्रै कार्यक्रम तडकभडकका साथमा हुने गरेका छन् । तीज पर्वलाई बढी गहनाको प्रदर्शन गर्ने मौकाको रुपमा लिदा समाजमा त्यसले नराम्रो प्रभाव पर्न गएको छ । यसबाट पनि हाम्रो पर्वलाई मुक्त गर्नुपर्छ । मूलतः महिलाहरु रमाउने पर्व भएकाले भड्किलो एवं रवाफपूर्ण नबनाएर तीजलाई गर्विलो र मनोरञ्जक बनाउन सकिए तीजको सार्थकता बढ्ने थियो ।