१३ जेठ । तेन्जीङ हेलारी विमानस्थल लुक्लामा गोमा एयरको कार्गो विमान दुर्घटना भएको छ । काठमाडौंबाट उडान भरेको विमान सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।
विमान दुई टुक्रा भएको छ । कार्गो विमान भएकाले चालक दलका सदस्य मात्रै विमानमा रहेका थिए । अहिले क्याप्टेन क्याप्टन पारस राई, को पाइटल सिर्जन मानन्धर र एअर होस्टेज पज्ञा महर्जनलाई उद्धार गरी उपचारका लागि पासङलामु हस्पिटलमा लगिएको छ ।