भरतपुर,२६ भदौ ।गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएसँगै छविलाल पौडेल सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आइतबार अधिकारी हत्यासम्बन्धी मुद्दाका प्रतिवादीलाई सफाइ दिनुका साथै पौडेललाई पनि रिहा गर्नू भनी डिल्लीबजार कारागारलाई निर्देशन दिएको थियो । रिहा भएपछि पौडेललाई कारागार परिसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले स्वागत गरेका थिए । त्यस्तै नेकपाका नेता÷कार्यकर्ताले पौडेल रिहा भएको खुसीयालीमा करागार परिसरबाट बाजागाजासहितको ¥याली निकालेका थिए ।
कृष्णप्रसादको वि.सं २०६१ जेठ २४ मा हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो । उक्त अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वाेच्च अदालतमा समेत निवेदन पुगेपछि छविलाललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो ।
सोही आदेशानुसार गत असार २४ गते उनी सर्वाेच्च अदालतसमक्ष हाजिर भएपछि ा डिल्लीबजार कारागार चलान गरेको थियो । कारागारबाट रिहा भएलगत्तै पौडेलले पत्रकारसमक्ष उक्त घटनामा ‘आफूविरुद्ध तथ्य नबुझेरै उजुरी दिएको, उनीहरुलाई पछूतो नहोस्’ भन्ने प्रतिक्रिया दिए । रासस
फुजेल काण्डका पौडेल रिहा
फुजेल काण्डका पौडेल रिहा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस