प्रमिता ढकाल
भाद्र २४
भरतपुर/ सेतीदेवी सामुदायीक वन उपभोक्ता समितीको आयोजनामा भएको तीज गीत प्रतियोगितामा प्रतियोगि १६ वटा समुहलाई पछि पार्दै शान्तिदिप महिला समुह भरतपुर १६ ले पहिलो स्थान हासिल गरेको छ । पहिलो हुन सफल टोलीले नगद सात हजार रुपैंया पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ । वन र वन्य जन्तु संरक्षणको क्षेत्रमा चेतनामुलक गीत प्रतियोगिताको दोस्रो स्थान हासिल गर्दै भरतपुर १५ को उत्तरजागरण महिलासमुहले नगद पांच हजार रुपैंया पुरस्कार र प्रमाणपत्र हासिल ग¥यो ।तेस्रो हुन सफल शीतल महिला समुह शरणपुरले नगद तीन हजार सहित प्रमाणपत्र प्राप्त ग¥यो ।सान्तवना स्थान हासिल गरेका आधारभूत विद्यालय शरणपुरको टोली र सिद्धार्थ आमा समुह ले नगद १५ सय सहित प्रमाणपत्र प्राप्त गरे । भक्तराज हमालको संयोजकत्वको निर्णयक मण्डलले प्रतियोगि समुह मध्य उत्कृष्ट चयन गरेको हो । प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने शीतल महिला समुहकी पूजा रिजाललाई पनि पुरस्कृत गरिएको छ । सहभागि सबै समुहलाई प्रमाणपत्र सहित प्रोत्साहन स्वरुप एक हजार रुपैंया प्रदान गरिएकाृ कार्यक्रम संयोजक मायादेवी कंडेलले जानकारी दिइन् ।
कार्यक्रमको उद्घाटन सञलाई सम्बोधन गर्दै भरतपुर महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले संरक्षणको पाटोमा महिला सहभागिताको महत्व रहेको बताइन् । घांस दाउरा, मेलामा महिलाकै प्रतिनिधित्व बढी हुने भएकाले महिलाले नै नेतृत्व गरी संरक्षणका आवाज उठाउ.दा थप प्रभावकारी हुने उनको विश्वास छ । सामुदायीक वनहरुमा संरक्षणले सफलता प्राप्त गर्दै गर्दा चोरी तस्करीलाई कम आंक्न नहुने भन्दै सर्तकता नै संरक्षणको लागि महत्वपूर्ण उपलब्धी हुने बताइन् । सेतीदेवी सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष नन्दप्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर वडा नम्बर १६ का अध्यक्ष चतुरमान गुरुंग, सेतीदेवी सामुदायीक वन उपभोक्ता समिती परिषदका अध्यक्ष भिमबहादुर घले, कञ्चनजंगा वहुउद्धेश्यि सहकारी संस्थाका सचिव कृष्ण प्रसाद पौडेलले मन्तव्य राख्दै वन तथा वन्य जन्तु संरक्षणमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिएकाछन् ।
वन र वन्यजन्तु संरक्षण गर्न तीज गीत प्रतियोगिता
वन र वन्यजन्तु संरक्षण गर्न तीज गीत प्रतियोगिता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस