भरतपुर,२४ भदौ ।नेपाल पोल्ट्री सप्लार्यस कल्याणकारी संघको अध्यक्षमा रामकृष्ण अर्याल निर्वाचित भएका छन् । शुक्रबार कविलासमा सम्पन्न चांैथो अधिवेशन तथा आठौं वार्षिक साधारण सभाले अर्यालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा मनोज रानाभाट, प्रथम उपाध्यक्षमा सुमन जोशी, द्वीतिय उपाध्यक्षमा लिला कुँवर, महासचिवमा महेश्वर पोखरेल, सचिवमा हरि न्यौपाने र कोषाध्यक्षमा जनार्दन अधिकारी निर्विरोध चयन भएका छन् । यस्तै सदस्यमा दिपेश श्रेष्ठ, राजन कँडेल, तुलसीप्रसाद सुवेदी(अमन),सुदर्शन जोशी, भुवन श्रेष्ठ, भिमकुमार श्रेष्ठ र पूर्णचन्द्र सुवेदी(गणेश) निर्वाचित भएका हुन् । यस समितिको कार्यकाल भने २ बर्षको रहने छ । कार्यक्रममा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेलले सबै व्यवसायीहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको उपाध्यक्ष पोख्रलले व्यवसायीहरु बीच सद्भाव कायम राख्दै अधि बढ्नु पर्ने बताएका थिए । कार्यक्रममा नेपाल पोल्ट्री सप्लार्यस कल्याणकारी संघको अध्यक्षमा जयकृष्ण सापकोटाले स्वागत मन्तव्य दिदै संस्थाको बारेमा जानकारी गराएका थिए । उद्घाटन सत्रमा संघका महासचिव सुमन जोशी, कोषाध्यक्ष महेश्वर पोखरेलले प्रतिवेदन पेश गरेका थिए । संघका अध्यक्ष जयकृष्ण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा अण्डा उत्पादक संघ चितवनका निवर्तमान अध्यक्ष शिवराम के.सी, चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे लगाएतले मन्तव्य राखेका थिए । विभिन्न ७६ पोल्ट्री व्यवसायी सप्लायर्सहरुको सहभागिता रहेको कार्यक्रमको समापन उपाध्यक्ष मनोज रानाभाटले गरेका थिए ।
नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको संघको अध्यक्षमा अर्याल
नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको संघको अध्यक्षमा अर्याल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस