डा. कृष्णप्रसाद पौडेल
अपरेसन गर्नुपर्ने इमर्जेन्सी कल आएपछि उनी हतार–हतार गरेर अस्पताल आइपुग्छन् । त्यो ‘केस’ हेर्न सक्ने दक्ष चिकित्सक उनी नै एक थिए । उनी सरासर अपरेसन थिएटर तिर लम्किन्छन् । बिरामीका बुबाजस्ता लाग्ने व्यक्ति निकै व्याकुलताका साथ ओहोरदोहर गरिरहेका थिए । डाक्टर आएको थाहा पाएपछि तिनी बाघझैँ झम्टिन पुग्छन् उनीमाथि । “किन यति ढिला ? तिम्लाई थाहा छैन, मेरो छोरा जीवन र मरणको दोसाँझमा छटपटिरहेका ? डाक्टर भएर अलिकति नि जिम्मेवारीको बोध छैन तिम्लाई ?“
उनले विनम्रतापूर्वक जवाफ दिए, “माफ गर्नु होला । म यहाँ थिइनँ । खबर पाउनासाथ म दौडिएर यहाँ आएको छु । कृपया शान्त हुनुस् र मलाई मेरो काम गर्न दिनुस् ।”
उनको जवाफ भुइँँमा खस्न नपाउँदै तिनी बम्किए, “शान्त ??? के तिम्रो आफ्नै छोरा यो रुमभित्र भएको भए तिमी शान्त रहन सक्थ्यौ ? यस्तै ढिलासुस्तीले अहिले तिम्रो छोरा म¥यो भने तिमी के गथ्र्यौ ?”
मन्द मुस्कानका साथ उनेले फेरि जवाफ दिए, “म गीताको एउटा सार सम्झिने थिएँ–तिमी के लिएर आएका थियौ र के नै लिएर जानेछौ ।”
उनको यो आदर्शवादी कुराबाट तिनी मुर्मुरिन्छन्, “अरुलाई भन्न सजिलो छ । आफैलाई परेको भए थाहा हुन्थ्यो ।”
थप विवाद नगरी उनी अपरेसन थिएटरभित्र प्रवेश गर्छन् । केही घण्टाको शल्यक्रियापछि उनी बाहिर निस्किए । उनको अनुहारमा देखिएका खुसीका रेखाहरुले अपरेसन सफल भएको संकेत गथ्र्यो । “तपाईंको छोरा खतरामुक्त छ । अरु कुरा नर्ससँग सोध्नुभए हुन्छ ।” यति भन्दै उनी तिनको जवाफ पनि नसुनी त्यहाँबाट हतार–हतार बाहिरिन्छन् ।
“किन यति घमण्डी छ यो डाक्टर ? एक मिनेट पर्खेर आफैले भन्दा के जान्थ्यो त्यसको ?”, तिनी आवेगमा नर्ससँग प्रश्न गर्छन् । नर्स भावविह्वल भई उत्तर दिन्छिन्, “उहाँको छोराको हिजो राति दुर्घटनामा परी ज्यान गएको थियो । उहाँलाई यो ‘केस’ हेर्न हामीले फोन गर्दा उहाँ आर्यघाटमा अन्तिम संस्कारको तयारीमा हुनुहुन्थ्यो । तपार्इंको छोरालाई बचाएपछि अहिले त्यही कार्य पूरा गर्न उहाँ जानुभएको छ ।
…
यो एउटा सत्य घटनामा आधारित उदाहरण मात्र हो । चिकित्सक वा स्वास्थ्यकर्मी र बिरामीबीचको सम्बन्ध अत्यन्त संवेदनशील हो । आदर र विश्वासको अत्यन्त आवश्यक पर्ने यो सम्बन्ध केवल आर्थिक हिसाबकिताब प्राविधिक कुरामा मात्र अड्किएको हु“दैन । एउटा व्यक्तिले अरु कसैलाई नभनेको र भन्न नहुने गोप्यता एउटा चिकित्सकसँग खोलेको हुन्छ । बिरामी र दुःखेको बेला आशा र भरोसाको धरोहर केवल चिकित्सक मात्र हुन्छ । पछिल्लो समयमा यो सेवाभावबाट मात्र प्रभावित नभै व्यावसायिक भावबाट पनि प्रभावित भएपछि यो सुमधुर मानवीय सम्बन्धमा केही तुषारापात भने भएकै छ । त्यसो त पुँजीवादी अर्थतन्त्रको प्रयोग र हरेक समाजमा यसले निम्ताएको सामाजिक मूल्य मान्यताहरुको परिवर्तनसँगै यि मानवीय सम्बन्धहरु पनि फेरिएका हुन् ।
अझ पछिल्ला दशकहरुमा मेडिकल शिक्षा पनि निजीकरण भएपछि र प्रतिस्पर्धाबाट मात्र नभई ठूलो रकम बुझाएर चिकित्सक हुने प्रणाली आएपछि त यो एक किसिमको व्यापार जस्तो हुने नै भयो । नेपाली समाज त झन् पैसावाला र पहुँचवाला मानिसको दास हुन स्वीकार हुने प्रवृत्तिको छ । यहाँ बुद्धि विवेकले आफ्नो पेशा–व्यवसाय गरेर ठीकै आर्थिक अवस्था भएको हरकोहीलाई भन्दा जुनसुकै तरिकाबाट धेरै सम्पती जोड्ने र रवाफ प्रकट गर्ने मानिसलाई बढि पुज्ने गरिन्छ । यो नै तमाम समस्याहरुको मूल जरो हो ।
पहिले–पहिले अलिक बढी आम्दानी गर्ने र गाडी चढ्ने जमातमा डाक्टरहरु पनि गनिन्थे । तर, अहिले समय त्यस्तो रहेन । धेरै थरिका व्यवसाय र कतै राजनीतिबाट समेत व्यक्तिहरु अत्यन्त धनी भएका छन् र डाक्टरहरु थोरै मात्रै छन्, जो मनग्गे आम्दानी गर्छन् । उसो त सार्क देशहरुमा नेपाल नै यस्तो देश हो जहाँ एउटा विशेषज्ञ डाक्टरको ‘कन्सल्टेसन चार्ज’ अत्यन्त कम छ र यहाँ प्राय १०–१५ दिनसम्म फलोअफ गर्न पाइन्छ । भारत र पाकिस्तानमा कम्तीमा रु. १ हजार चार्ज हुन्छ र अर्को दिन आउँदा अर्को बिल लिनुपर्छ । त्यस्तै यहाँका डाक्टरले अति न्यून तलब पाउँछन्, जसको सबैभन्दा लामो यात्रा पढाइमा एउटा चिकित्सकले नै तय गर्नुपर्दछ ।
सबै अब्बल पनि रहनुपर्दछ । अहिलेको नयाँ मुलुकी ऐनमा लेखिएका दफा, उपदफा र भाषाहरु हेर्दा यो निर्माणको क्रममा संलग्न व्यक्तिहरुको मानसिकता केही बुझ्न सकिन्छ । संसारको कुनै देशमा चिकित्सकप्रति यति अनुदार र असहिष्णु व्यवस्था छैन र यो कतै नभएको कानून निर्माण गर्ने यहाँ किन उद्धत भइयो भन्ने प्रश्न टड्कारो छ । लापरबाहीका घटना हुन सक्छन् र जहाँकही हुन्छन् । मेडिकलको गलत अभ्यास र लापरबाहीलाई नियमन गर्न केडिकल काउन्सिल बनाइको हुन्छ । गम्भीर चिकित्सकीय त्रुटिमा मात्र चिकित्सकलाई ठूलो कारबाही हुन्छ, त्यो पनि मोटो रकमबाट क्षतिपूर्ति र लाइसेन्स निलम्बन वा खारेजीबाट । इलाजबाट उत्पन्न समस्यालाई अपराधको शैलीमा कही व्याख्या गरिन्न । ‘ज्यानमारा, जन्मकैद, अंगभंग सरह’ भन्ने शब्दावली कहीं प्रयोग हुन्न उपचारमा । नेपाल चिकित्सक संघले विश्वभरिका २५ भन्दा बढी देशका योसम्बन्धी कानूनहरु अध्ययन गरेपछि पाइएका तथ्यहरु हुन यी ।
यही कानून अघि बढेमा यसले अत्यन्त गम्भीर दुर्घटना नेपाली समाजमा हुनेछ र खतरा कसैले लिन नचाहेपछि सुरु हुनेछ बिरामीहरुको बिचल्ली ‘चले दिल्ली, कलकत्ता’ । जहाँसम्म चिकित्सकहरुले किन कानून निर्माण हुँदा विरोध गरेनन् र अहिले आक्रामक हुँदैछन् भन्ने कुरा छ । यसमा राज्यले सरोकारवालालाई समयमै दिनुपर्ने सूचनाको हकबाट पनि हामीलाई वञ्चित गरेको छ ।
२०७४ असोज ३० गते नयाँ मुलुकी ऐन पास गरेको रहेछ । तर, २०७४ असोज ९ गते स्वास्थ्य मन्त्रालयसँग ुव्बष् िधष्तजयगत द्यबष्ुि को सम्झौता भएको थियोे । तर, बन्दै गरेको मुलुकी ऐनको बारेमा कुनै सुइँको दिइएन । यो कानून निर्माण गर्दा स्वयं स्वास्थ मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई समेत गुमनाम राखिएछ, नेपाल चिकित्सक संघको कुरा परै जाओस् । के सरोकारवाला निकायलाई यसरी नाघेर महत्वपूर्ण कानून निर्माण गर्नु सही तरिका थियो ? सीमित कर्मचारी, न्यायकर्मी र विधायक बसेर बनाएको यो ‘इलाजसम्बन्धी कसूर’ स्वास्थ्यकर्मीविरुद्धको घोर अन्याय हो । यसमा केही दफा खारेज र केही संसोधन हुनैपर्छ ।
(लेखक नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य हुन् ।)