धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,२३ भदौ ।पर्यटकीय क्षेत्रको रुपमा विस्तार हँुदै गएको खैरहनी नगरपालिका–४ स्थित कंकाली सामुदायिक वनमा रहेको पार्कमा नयाँ संरचना निर्माण गरेर आकर्षक बनाइदैं छ । खैरहनी नगरपालिकाको सहयोगमा हाल रहेको वनभोजस्थल र पार्कको पुनर्संरचना निर्माण गरी आकर्षक बनाइएको हो ।
पुनर्संरचना निर्माणका लागि नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा ९० लाख विनियोजन गरेको थियो । सोही बजेट र वन समितिको समेत लगानीमा पूर्वाधार निर्माण, पार्कको संरचना सुधार, भ्यू टावर निर्माण गरिएको कंकाली सामुदायिक वनका अध्यक्ष वेदबहादुर अधिकारीले बताए । “आकर्षक पार्कको रुपमा विस्तार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएका छौं”, वनका अध्यक्ष अधिकारीले भने, “पार्क र वनभोजस्थलाई नयाँ स्वरुप दिन अहिले धमाधम काम भइरहेको छ ।” अधिकारीका अनुसार पहिले माटोको ढिक रहेको ठाउँमा अहिले मेसिनरी वाल, स्टील रेलिङ, फूलबारी निर्माण गरिएको छ ।
मेसिनरी वालका लागि बढी रकम खर्चिएको छ । सोही वन क्षेत्रमा ऐतिहासिक एवं धार्मिकस्थल कंकालीमाई मन्दिरसमेत रहेको छ । पार्कस्थलबाट करिब ४ किलोमिटर उकालो चढेर सो मन्दिर पुग्न सकिन्छ । त्यहाँसम्म पुग्न अहिले नगरपालिकाकै सहयोगमा बाटो निर्माण गरिएको वनका अध्यक्ष अधिकारीले बताए । मोटरसाईकल र ट्याक्टर त्यहाँ सहजरुपमा पुग्न सक्छ । चितवन आएका पर्यटकलाई थप एक दिन लम्ब्याउनका लागि त्यहाँ दुई वटा भ्यू टावरसमेत निर्माण भइरहेका छन् ।
निर्माणपछि सो भ्यू टावरबाट चितवनसहित नवलपुर जिल्लाको गैंडाकोटसमेत देख्न सकिने अधिकारीले बताए । कंकाली माईको मन्दिर रहेको स्थान चितवनको पुरानो सदरमुकामसमेत हो । वि.सं. २००८ सालमा त्यहाँबाट झुवानी सदरमुकाम रहेको जानकारहरु बताउँछन् । कंकाली माई मन्दिरसम्म जानका लागि ‘हर्ष राईडिङ’ (घोडचढी) गर्ने योजना रहेको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले बताए । “खैरहनी पर्यटनको सम्भावना बोकेको नगर हो”, नगरपालिका मेयर चौधरीले भने, “चितवन आउने पर्यटकलाई एक दिन यहाँ राखेर पर्यटन विकास गर्ने योजना अघि सारेका छौं ।”
खैरहनीको नगर परिषद्ले कंकाली आउने पर्यटकबाट लिइने प्रतिव्यक्ति २० रुपैयाँ टिकटमध्ये २ रुपैयाँ नगरपालिकालाई राजस्व स्वरुप बुझाउनुपर्ने निर्णयसमेत गरिसकेको छ । नगरपालिकालाई बुझाउने रकमबाटै पर्यटन प्रवद्र्धनको काम गरिने मेयर चौधरीले बताए । ७ सय ४९.१३ हेक्टर रहेको वनको क्षेत्रफलमध्ये ३७ हेक्टरमा पार्क, वनभोजस्थल, भ्यू टावर निर्माण गरिएको छ । नगरपालिकाका योजना शाखा प्रमुख ईञ्जिनियर राजेश कोइरालाका अनुसार नगरपालिकाको ९० लाख र त्यसको १५ प्रतिशत सामुदायिक वनले लगानी गरी निर्माण कार्य गरिरहेको छ । वनपैदावर र पर्यापर्यटन कंकाली वनको आम्दानीको स्रोत हो ।
मुहार फेर्दै कंकाली वनको पार्क
मुहार फेर्दै कंकाली वनको पार्क
"हर्ष राईडिङको योजना "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस