भरतपुर,२२ भदौ ।चितवनमा भएको ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’ को उपाधि अरोमा कलेज भरतपुरका चिन्तामणि सुवेदीले जितेका छन् ।
शुक्रबार भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा भएको फाईनल प्रतिस्पर्धामा १९ जना प्रतियोगीलाई पछि पार्दै सुवेदी पहिलो भए । उनले ३६१ अंक प्राप्त गरे । यस्तै प्रतियोगितामा वाल्मीकि शिक्षा सदन भरतपुरकी छात्रा साधना पौडेल दोस्रो भइन् । उनले ३४९ अंक प्राप्त गरिन् । त्यस्तै न्यू क्यापिटल कलेज रत्ननगरकी ज्योति शर्मा तेस्रो भइन् । उनले ३४६ अंक प्राप्त गरिन् ।
प्रतियोगिताका विजेता सुवेदीलाई नगद १५ हजार र ट्रफी, दोस्रो हुने पौडेललाई नगद १० हजार र ट्रफी, तृतीय स्थान हासिल गरेकी शर्मालाई नगद ५ हजार र ट्रफी प्रदान गरिएको कार्यक्रम संयोजक विमोचन आचार्यले जानकारी दिए । फाईनल प्रतिस्पर्धाका लागि २० जना विद्यार्थी आफ्नो प्रस्तुति देखाएका थिए । फाईनल प्रतिस्पर्धाको निर्णायकहरुमा सन्तोष सिग्देल, मनोज घिमिरे, रोहित मल्ल र सविता अधिकारी रहेका थिए ।
ह्याण्ड इन ह्याण्ड इभेन्ट्सको आयोजनामा भएको प्रतियोगितालाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले मुख्य प्रायोजन गरेको थियो भने निप्पोन एजुकेसनल सेन्टरले सहकार्य गरेको थियो ।
एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको उपाधि सुवेदीलाई
एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको उपाधि सुवेदीलाई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस