कावासोती,२२ भदौ ।प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरी एक वृद्धलाई बिहीबार सार्वजनिक गरेको छ । विनयी त्रिवेणी गाउँपालिका–४ का गिरबहादुर थापालाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो ।
स्थानीय एक ७५ वर्षीया वृद्घालाई बलात्कार गरेको आरोप ४२ वर्षीय थापालाई लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । गत जेठ २८ गतेको घटना भएपनि आरोपित थापालाई प्रहरीले झण्डै तीन महिनापछि प्रकाउ गरेको हो ।
पीडित पक्षले गत भदौ १८ गते इलाका प्रहरी कार्यालय नयाँ बेलाहानीमा उजुरी दिएका र उनलाई उजुरी दिएकै दिन घरबाटै प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय नयाँ बेलाहानीका प्रमुख प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । आरोपित थापालाई यौन तथा बलात्कारसम्बन्धी मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए ।