रत्ननगर,२१ भदौ ।पूर्वी चितवनको कयर खोलाबाट नदीजन्य पदार्थ उत्खनन्मा सलग्न रहेका ८ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खैरहनी र रत्ननगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन् कार्यमा कडाइ गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार ती ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय टाँडीले ६ वटा र इलाका प्रहरी कार्यालय खैरहनीले २ वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीका अनुसार ना.३ त ८८२६, ना.६ त ६९७७, ना.४ त ७४२९, ना.२ त ७९१९, ना.३ त ३४२५ र ना.५ त ६९९६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
उता इलाका प्रहरी कार्यालय खैरहनीले पनि बुधबार बिहान कयर खोलाबाट २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार ना.३ त २८०४ र ना.३ त ७१० नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको छ । खैरहनी नगरपालिका–१ का वडाध्यक्ष भूमिप्रसाद कँडेलको सूचनाको आधारमा ती ट्याक्टरहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विष्टले बताए । प्रहरी र स्थानीयबासीको सहयोगमा अवैधरुपमा गिटी, बालुवा उत्खनन् कार्य रोक्ने मंगलबार रत्ननगर र खैरहनीका मेयर तथा वडाध्यक्षहरुको बैठकले निर्णय गरेको थियो ।
‘‘‘‘‘‘‘‘।।
उत्खनन्मा संलग्न ८ ट्याक्टर नियन्त्रणमा
उत्खनन्मा संलग्न ८ ट्याक्टर नियन्त्रणमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस