१३ जेठ । केही बेर स्थगित भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । भरतपुर वडा नंं १७ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका दिन अर्धकट्टीसहित मतदान भएको जनाउँदै निर्वाचनस्थलबाट मुचुल्कासमेत गरिएको थाहा भएपछि पुनः रुजु गरेर मतगणना सुरु गरिएको हो ।
पछिल्लो मतगणनामा नेकपा (एमाले)का देवीप्रसाद ज्ञवाली अगाडि हुनुहुन्छ । उहाँले ३७ हजार एक सय १८ र नेकपा(माओवादी केन्द्र)की रेणु दाहालले ३५ हजार पाँच सय १८ मत प्राप्त गर्नुभएको छ । महानगरका पाँच वटा वडा मतगणना गर्न बाँकीे छ । हालसम्म १३ वटा वडामा एमाले, सात वटा वडामा नेपाली काँग्रेस र तीन वटा वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ ।