प्रमिता ढकाल/कायाकैरन
भरतपुर,१९ भदौ ।भरतपुर महानगरकी उपप्रमुख पार्वती शाहले देशैभरका महिला तथा बालिका सुरक्षित हुने वातावरण तयार गर्न तीजका गीत र भाकाले जागरण ल्याउन आवश्यक रहेको बताएकीछिन् ।
फेन्सी व्यवसायी संघ तथा फेन्सी साकोसले आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख शाहले यौनजन्य अपराध बढ्दै गएकाले जागरण ल्याउन जागरण आवश्यक रहेको बताइन् । ऐन कानुनले महिलालाई बलियो बनाएपनि सामाजिक परिवेशकै कारण महिला तथा बालिका बलात्कार र हत्या जस्ता जघन्य अपराध मौलाएको उनको ठम्याइ छ । “पहिलेको जस्तो आफ्ना दुःख, वेदना र कुण्ठाका कुरा राख्न तीज नै कुनुपर्ने अवस्था अब रहेन”, उपप्रमुख शाहले भनिन्, “महिलालाई अधिकार सम्पन्न गराउने संविधान बनिसकेको छ, अब कार्यान्वयनको पक्षमा हातेमालो गर्नुपर्छ ।” विगतमा पनि महिलाको संलग्नतामा गरिएका हरेक आन्दोलनले मात्रै परिवर्तन सम्भव भएको उल्लेख गर्दै उपप्रमुख शाहले महिला तथा बालिका बलात्कार र हत्या जस्ता जघन्य अपराध रोक्न महिला स्वयम जागरुक भई आउनु पर्ने देखिएको बताइन् ।
उनले भरतपुर महानगर समृद्ध बनाउन गरिएका पहलबारे जानकारी गराइन् । सो क्रममा उनले बजार व्यवस्थापनका लागि सहकार्य नगर्ने सटर व्यवसायीहरुलाई कारवाही गर्ने चेतावनी समेत दिएकीछिन् । “महानगरले विकल्प सहित फुटपाथ व्यवसाय हटाएको छ”,अब अन्य सटर व्यवसायको अगाडी नाङ्ले पसल देखिए वा उनीहरुलाई प्रोत्साहन हुने गरी आश्रय सहित बचाउ तर्फ लागे ति पसल व्यवसायनै शिल गरिनेछन् उनले चेतावनी दिइन् ।
कार्यक्रममा सहभागि फेन्सी व्यवसायीलाई उनले करको सम्बन्धमा महानगर सल्लाह सुझाव सहित अघि बढ्न तयार रहेको बताइन् । “करको धेरै नै विरोध भयो, यसको वैज्ञानिकिकरण र वर्गिकरणको आधारमा कर तय गर्ने बारे छलफल भइरहेको छ”, उनले भनिन, “सुझाव सहित आउनुहोस, समस्या रहे सुल्झाउन सकिन्छ ।” कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले व्यवसायीको हितको लागि करका सम्बन्धमा उठाउनुपर्ने सवालमा आफुहरु चिन्तनशील रहेको बताए । उनले भने, “हामी विस्तृत अध्ययनकै क्रममा छौं, वैज्ञानिक कर निर्धारणको लागि आवश्यक पहल गर्नेछौं ।” फेन्सी व्यवसायी संघका अध्यक्ष बालकृष्ण कंडेलले बजारका भित्री सडकहरुमा अव्यवस्थित ट्राफिकको समस्या बढेको तर्फ ध्यानाकर्षण गराए । पार्किङको अस्तव्यस्तताले असहज बनेको बजारलाई व्यवस्थित गर्न आवश्यक रणनिति तय गर्न उनले महानगर उपप्रमुख शाहको ध्यानाकर्षण गराए । अधिवक्ता फूलमाया रानाभाटले समान वंशिय अधिकार सम्पन्न महिलाहरुले अब अधिकार लिन सक्नुपर्नेमा जोड दिइन् । ऐनमा व्यवस्था भएका कुरा कायान्वयनमा आउन पनि जागरण फैलाउनुपर्ने बेला तीज गीतका भाकालाई उपयोग गर्न सक्नुपर्ने उनको तर्क छ ।
“कयौं लडाईपछि प्राप्त समान वंशिय अधिकार लिन कोही अगाडी आएकाछैनन् ”, म लिन्न तर अरुको लागि लडिदिएको हुं भन्ने हो र ?उनले प्रश्न गर्दै भनिन् “ माइती लिन आएन भनेर दुःख मान्ने होइन म पनि माइती समान वंशिय अधिकार लिएर बसेको छु म कहां आउंदा पनि हुन्छ भन्ने भाव बोकेका सन्देशमुलक तीज गीत बन्नुपर्छ र जागरण फैलाउनुपर्छ ।”
सो क्रममा अधिकारकर्मी मिना खरेलले देशका विभिन्न भुभागमा महिला तथा बालिकाहरु बलात्कार जस्ता यौनहिंसाको चपेटामा परेर न्याय नपाएका बेला खुशीले पर्व मनाउन नसकेको बताइन् । सन्देशमुलक तीज गीत मार्फत न्याय र अधिकारका लागि आवाज उठाउन जरुरी रहेको उनले बताइन् । दिनभर तीज गीतमा रमाउंदा घरमा छोरीहरु सुरक्षित छन् वा कार्यक्रम सकेर जांदा आफु सुरक्षित छु भन्ने प्रत्याभूत गर्न नसके पर्वको उल्लास नरहने तर्फ सचेत गराइन् ।
हरेक वर्ष तीजलाई सन्देशमुलक पर्वको रुपमा मनाउन फेन्सी व्यवसायी संघ र फेन्सी साकोस चिन्तनशील रहेको साकोसका अध्यक्ष प्रकाश गैरेले बताए । सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि संस्था क्रियाशिल रहेको बताए । संघका प्रवक्ता विवेक कँडेलले फेन्सी व्यवसायी संघ र फेन्सी साकोसले शक्तिखोरलाई कार्यक्षेत्र बनाई विविध सहयोग तथा विकासका कार्यक्रम गरीरहेको बताए । कार्यक्रममा उद्योग वाणिज्य चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका तृतिय उपाध्यक्ष भोजराज कौडेल, उद्योग वाणिज्य संघ चितवनका कार्य समिती सदस्य रजनी मास्के, फेन्सी व्यवसायी संघ निर्वतमान अध्यक्ष हेमराज पौडेल, घर बहाल उपभोक्ता मञ्चकी अध्यक्ष पवित्रा जोशी, फेन्सी व्यवसायी संघ चितवनकी तृतिय उपाध्यक्ष सुलोचना श्रेष्ठ, गायिका सरिता श्रेष्ठ लगायतको सहभागिता रहेको कार्यक्रम फेन्सी व्यवसायी संघकी तारा देवि पण्डितले संयोजन गरेकीहुन् । कार्यक्रम फेन्सी व्यवसायी संघका सचिव दिपा शाहीले सञ्चालन गरेकीथिइन् ।
वेदना र कुण्ठाका पोख्न तीज कुनुपर्दैनः उपप्रमुख शाह
वेदना र कुण्ठाका पोख्न तीज कुनुपर्दैनः उपप्रमुख शाह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस