विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१९ भदौ ।कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको गतिविधि सन्तोषजनक नरहेको आरोप लगाएका छन् । भरतपुरमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार सुशासन र शान्ति सुरक्षा कायम गर्न असफल बनेको बताए ।
“बलात्कार घटनाका दोषी पक्राउ गर्न सरकार धेरै चुकेको छ”, उनले भने, “कञ्चनपुरमा १३ वर्षकी बालिका ‘रेप’ पछि बलात्कार भएको छ, अपराधी लुकाउने काम भैरहेको छ ।” उनले घटनाका दोषिलाई पक्राउ गरी कडा कारवाही गरिनुपर्ने बताए । “बलात्कारका जगन्य अपराध बढेका छन्”, उनले भने, “अपराधिमाथि कारवाही अझै हुन सकेको अवस्था छैन, राज्यले तथारुकता देखाउनुपर्ने हो, देखाएको छैन ।” देशभर जगन्य अपराध भइरहँदा सरकारले अनुसन्धान गर्न नसकेको आरोप बताए । उनले सरकारले मनपरी कर बढाएको आरोप लगाए । “कर घटाउनुपर्छ भन्ने हाम्रो माग हो”, उनले भने, “यसरी कर बढाउनुहुदैन ।”
जनभावना अनुसार संसोधन हुनुपर्छ
पूर्व प्रधानमन्त्री देउवाले मुलुकी संहिता संसोधन गर्नुपर्ने बताएका छन् । “यो सुधार हुने कुरा हो, जनताको आव्हान अनुसार जनभावना अनुसार सुधार गर्नुपर्छ”, उनले भने, “सबैलाई थाहा भएकै कुरा थियो, छलफल गरेरै ल्याएको हो ।” मुलुकी संहिताका केही विषयमा विरोध हुन थालेकाले संसोधननै उचित विकल्प हुने धारणा राखे । नयाँ फौजदारी संहिताले अपराधी सरह बनाउन खोजेको चिकित्सकहरु आन्दोलित छन् । प्रेसमाथि अंकुश लगाउन खोजेको भन्दै पत्रकारका संघ संस्था पनि विरोधमा छन् । “प्रेस पुरा स्वतन्त्र हुनपर्छ भन्ने पक्षमा छु”, उनले भने ।
चिकित्सक आन्दोलनमा समर्थन
कांग्रेसका सभापति देउवाले चिकित्सकहरुको देशव्यापी आन्दोलनमा कांग्रेसको समर्थन रहेको बताएका छन् । “आन्दोलनमा हाम्रो समर्थन छ”, उनले भने, “सरकारसँग कुरा गरौँला नी ।” उनले चिकित्सकका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन् । संहिता जारी गर्नुअघि चिकित्सकको समेत छलफल र परामर्शबाटै संहिता आएको बताए ।
विमस्टेक सफल
पूर्व प्रधानमन्त्री देउवाले विमस्टेक सफलता पूर्वक सम्पन्न भएको बताएका छन् । “विमस्टेक सफल मान्नुपर्छ यसमा विमति छैन”, उनले भने, “सौहार्दता, आपसी विश्वास अझै बढाउनुपर्ने देखिन्छ ।” उनले सार्क र विमस्टेक फरक भएकाले विमस्टेकले सार्कको महत्व घटायो भनेर तर्क गर्ननहुने बताए । उनले भारतीय प्रधानमन्त्री संयुक्त सैन्य अभ्यासका बारेमा गरेको प्रस्तावमाथि सहमति भैनसकेको बताए ।
अपराधी पक्रन सरकार चुक्योः पूर्व प्रधानमन्त्री देउवा
अपराधी पक्रन सरकार चुक्योः पूर्व प्रधानमन्त्री देउवा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस