भरतपुर,१५ भदौ ।नारी अभ्यूदय केन्द्र नारायणगढको २७ औँ साधारणसभा बिहीबार नारायणगढमा सम्पन्न गरिएको छ । केन्द्रका अध्यक्ष सत्या गुरुङको अध्यक्षतामा भएको साधारणसभाले महिलाको व्यावसायिक क्षमता अभिवृद्धि तालिम, निम्न वर्गका छात्र–छात्रालाई शैक्षिक सामग्री तथा छात्रवृति वितरण तथा महिलाहरुको लागि सीपमूलक तालिम प्रदान गर्ने निर्णय गरेको छ ।
महिलाको उत्थान गर्न भन्दै २०४८ सालमा स्थापना भएको केन्द्रले महिला सशक्तीकरण, सँस्कृतिको संरक्षणका साथै महिलालाई विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको केन्द्रा अध्यक्ष गुरुङले जानकारी दिइन् । केन्द्रका सचिव भवानी पियाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष धुपी जोशीले आर्थिक प्रतिवेदन र आगामी बजेटबारे जानकारी गराएकी थिइन् ।
संस्थापक अध्यक्ष कस्तुरी श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा संस्थाका सल्लाहकार बद्री अधिकारी, रजनी मास्के, गंगाराज भण्डारी, पूर्णिमा श्रेष्ठ, मधु शाह, निवर्तमान अध्यक्ष मन सेन ठकुरीलगायतको सहभागिता थियो ।
नारी अभ्यूदयको साधारणसभा
नारी अभ्यूदयको साधारणसभा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस