धनराज गिरी
‘चार दिदीबहिनी नेपाल गएर हजुरबा र हजुरआमालाई सरप्राइज दिनुपर्छ नि !’ आमा अपराजिता । सन् २०४२ अगस्ट २२ तारिखमा दिदीबहिनी अपराजिता र अनामिकाका तीन छोरीहरु र उनीहरुकै भाइ ज्ञानेश्वरकी छोरी नेपाल जाने योजनामा छन् । नेपालमा उनीहरुका पितामह र मातामह मात्रै, मावलीपट्टिका ।
हुर्किएका नातिनीहरुसित पहिलो पुस्ताको भेट नभएको २५ वर्ष भयो । पितामह विदेश जान तयार भए पनि रोगी मातामह कहिल्यै पनि नटेर्ने । आज, भोलि भन्दाभन्दै २५ वर्ष २५ दिनजस्तै भयो । त्यो मिति पनि आयो । उडे भ्यान्कुवरबाट तीन नातिनीहरुः सभ्यता, शिष्टता र नम्रता । उता पनि अस्ट्रेलियाबाट भद्रता । भद्रता र यी तीन दिदीबहिनीहरुको पनि भेट भएको छैन । तस्विर आदानप्रदान मात्रै हो । नचिन्ने सम्भावना बढी ।
‘नेपाल गएपछि लुम्बिनी जानू, मनकामना जानू नि ।’ अनामिकाको आदेश । सबै कुराहरू तीनवटा ठूलो–ठूलो लगेजमा व्यवस्थापन गरी एक–एक हाते झोला समाएर नानीहरू चढे जेटमा । भ्यानकुवर क्यानडाबाट सिउल, भद्रता पनि त्यहीं ट्राञ्जिट भएर आउने । १५ घन्टा आराम ।
‘दिदी भोक लाग्यो’ सभ्यतासित नम्रता । नम्रता सबैभन्दा कान्छी, तीन जनामा । उनीहरुको आडैमा एक जना वृद्ध । वृद्धले नियालेर हेरे । उनी पनि नेपाल फर्कदै । पत्नीसहित क्यानडा गएका थिए । यता भरतपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण शर्मा अब एक्लो घरमा । उनलाई खसखस लाग्यो, ‘नानीहरू नेपाल जाने हो ?’ उनीहरुको बीचमा नेपालीमा वार्ता भएकाले उनलाई ठम्याउन सजिलो भयो । ‘हो हजुरबा’, शिष्टता शिष्ट भएर बोलिन् ।
नेपाल कहाँ हो ?
चितवन ।
चितवन कहाँ ?
सौराहा ।
ए, ए । नानीहरू मेरा गजलकार दाजु विवेकनारायण…बूढाले बोल्न नभ्याउँदै ठूली नानी उच्च स्वरमा उत्साहित हुँदै ‘हो, हो… विवेकनारायण हाम्रो ग्रयाण्डपा… हजुरले चिन्नुहुन्छ ?’
नानी, उहाँलाई संसारले चिन्छ । त्यसमाथि मैले नचिन्ने कुरै आएन । अमेरिकामा बसोबास गर्ने तिमीहरुको आलोक अंकलको मीत काका हो म । पूरै परिवारलाई चिन्दछु । ‘वाह ! हजुरबा अब गफ गर्दै जाने । हजुर यहाँ कहाँ आउनुभएको थियो ?’, सभ्यता बोलिन् । एडमिन्टनमा मेरा छोराछोरी छन् । भ्यान्कुवरमा पनि आफन्त । अस्ति साहित्यिक कार्यक्रममा उपस्थित हुन पाइएन, भ्याइन । यतैबाट टिकट मिलाएर उडेको ।
नारायण शर्माले विवेकनारायणका बारेमा धेरैले बताए । हुन त आमाबाट उनीहरुले आफ्नो पितामहका बारेमा सबै थाहा पाएका थिए । थप जानकारी पनि पाए । मन रमायो । सिउलमा जेट सुरक्षित अवतरण भएपछि उनीहरु यताउता गर्दै फोटो खिच्न थाले । प्रतीक्षा थियो भद्रताको । उनीहरुको भन्दा तीन घन्टा ढिलो, मेलबर्नबाट । सभ्यताले अलि पर एकजोडी नेपाली देखिइन् । अनुहार कताकता देखेजस्तो लाग्यो । हजुरबाको स्वभाव उनमा पनि थियो, बहिर्मुखी ! ‘एक्स्क्युज मी प्लिज !’, जोडीको नजिक गएर ।
‘एस, प्लिज’, भद्र मान्छे ।
‘हजुरहरु नेपाली भए झैं लाग्यो’, सभ्यता सभ्य भएर बोलिन् ।
‘हो नानु, नानुको अनुहार कताकता देखेजस्तो लाग्यो मलाई पनि, नेपालमा कता हो ? कहाँ हो ?’, भद्र मान्छे बोले । ‘हजुरको अनुहार पनि मलाई नौलो लागिरहेको छैन, एकपटक हाम्रो हजुरबाको फेसबुकमा प्रोफाइल पिक्चरमा हजुरसित हाम्रा हजुरबा विवेकनारायण…’ अब उत्साहित हुने पालो भद्र मान्छेको । ‘ए, मलाई विवेक सरले भन्नुभएको थियो, म आज ब्रीसबेनबाट फर्किएको । सभ्यता, शिष्टता, नम्रता र भद्रतासित सिउलमा भेट हुने संभावना छ, लौ लौ खोइ बैनीहरु ?’
‘हजुर, प्रथम क्याम्पस प्रमुख, रत्ननगर…।’ ‘हो हो, यो विवेक सरले जहाँ पुगे पनि छोड्ने होइन’, साह्रै प्रसन्न भए ८७ वर्षे वृद्ध रामशरण पाठक । विवेकनारायण र उनी अति आत्मीय ६० वर्षदेखि । ‘खोइ भद्रता, हाम्री कान्छी नायिका’, मिस अस्ट्रेलिया नम्रताले घडी हेर्दै भनिन् । ठीक त्यतिखेर नम्रताकै आँखा कसैले छोप्यो पछाडिबाट ।
‘भद्रता…‘ नम्रताको हर्षातिरेक, वरिपरि अंकमाल, अंकमाल, अंकमाल । फोटो, फोटो, फोटो… अनि अपलोड । ‘हे मेरा नातिनी हो, नारायण शर्मा रामशरण पाठक हजुरबाहरु भेट हुनु भो ?’, विवेकनारायणले सभ्यताको मेसेन्जरमा यो मेसेज पठायो ।
ुधभ बचभ चभबििथ उचयगम या थयग नचबलम उबब, भखभचथदयमथ पलयधक थयग ध्भ बचभ कय गिअपथ. (हामी सबै तपाईंप्रति गर्व गर्छौं हजुबुबा, तपाईंलाई सबैले चिन्दारहेछन् । हामी भाग्यमानी छौं ।)’ उत्तर आयो । ‘अब अमेरिकाबाट फर्किएको लीलाराज तिवारी अंकल (हजुरबा) पनि भेट हुन्छ । उसलाई कनवारलाल हजुरबा भन्नू ।’ ‘अब बाटोमै कतिवटा हजुरबाहरु भेट हुने हुन्’, सभ्यताको नेपाली म्यासेज ।
चार नातिनीहरु, विवेकनारायण र कल्याणिका । चढे जेट । थकाइ लागेको थियो । मस्त निदाए । काठमाडौंमा जेट अवतरण गर्दा रातको ९ बजेको थियो । विवेकनारायण र सम्धी सत्यदेव उपस्थित । एउटा ठूलै भ्यान रिजर्भ । सोझै दहचोक । दहचोकमा दुई रात बिताएर चितवन, दहचोके हजुरबा र हजुरआमासहित । सञ्जोग ः २५ अगस्टमा उनीहरु सबै सौराहा कल्याणी निवास आए । त्यो दिन विवेकनारायणको ८५ औं जन्मदिन । भव्य र सभ्य वातावरणमा विवेकनारायणले जन्मदिन मनायो । चार–चार नातिनीहरुसहितको यो जन्मदिन पहिलो थियो । यता विवेकनारायणकै कान्छो भतिजाकी कान्छी सुपुत्री ‘चाहना’ पनि थपिँदा र भाञ्जी पवित्राकी छोरी जस्मिन पनि आइपुग्दा आधा दर्जन नातिनीहरु ।
‘आज हजुरबाको गजल सुन्ने’ भद्रताको प्रस्ताव । हजुरबा, त्यो २६ वर्षअघि भद्रताकै नाममा हजुरले रच्नुभएको गजल ‘के टे…म यौटा… सभ्यता । हो, हो….त्यही….’ सबै नातिनीहरू ।
म यौटा जून हुँ भन्दै उदायौ रातमा मेरो
उषाको लालिमा बन्दै रमायौ रातमा मेरो
वाह…वाह…वाह…!
अरे कनवरलाल, मलाई निम्ता नगर्ने ? लीलाराज तिवारी र सरस्वती तिवारी पनि आइपुगे । साथमा नारायण शर्मा र रामशरण पाठक अनि रामबाबु घिमिरे । गोविन्दराज विनोदीको कविताको माग भयो । यो प्रस्ताव कविडाँडा साहित्य समाजका आजीवन अध्यक्ष एलबी क्षेत्रीले गरे । ९२ वर्षीय क्षेत्री अझै शेर । उता भान्सामा कल्याणी र मीना लामिछाने पुराना दिनहरु सम्झिदै । ‘कनवारलालले यो ऐतिहासिक जन्मदिन मनायो’, लीलाराज तिवारी ।
कनवरलालको जन्मदिन (कथा)
कनवरलालको जन्मदिन (कथा)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस